२५ वर्षीया महिलाले जन्माइन् एकैपटक ९ बच्चा

एजेन्सि – एक २५ बर्षिय महिलाले एकै पटकमा ९ बच्चालाई जन्म दिएकी छिन् । अफ्रिकी मुलुक मालीको स्वास्थ्य मन्त्रालयले आफ्नो देशकी एक महिलाले एकै पटकमा नौ जना बच्चालाई जन्म दिएको बताएको छ ।

यहाँ थिचि फेसबुकको यो ग्रुपमा जोडिनुहोस भाग्य चम्किनेछ ।


मोरोक्कोको एक अस्पतालमा हालिमा सिसे नामकी महिलाले पाँच छोरी र चार छोरालाई एकैसाथ जन्म दिएको मालीकी स्वास्थ्य तथा सामाजिक विकास मन्त्री डाक्टर फान्ता सिबेले मंगलबार जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिउको छ । विज्ञप्तिमा यो पनि भनिएको छ कि सिसेको मंगलबार अप्रेशन गरिएको थियो ।


यसअघि गरिएको अल्ट्रासाउन्डमा उनको पेटभित्र सात वटा बच्चा रहेको देखिएको थियो । उनको पेटमा त्यति धेरै बच्चा रहेको कुराले मालीका नेताहरूको ध्यान तानेको थियो । डाक्टरहरूले उनलाई विशेष विशेषज्ञता चाहिने बताएपछि मालीका अन्तरिम राष्ट्रपतिले सरकारले खर्च व्यहोर्ने गरी उनलाई मोरोक्को पठाएका थिए ।


मालीको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म सबै नवजात शिशु र आमाको स्वास्थ्य अवस्था राम्रो छ । तर उनीहरू केही सातापछि मात्रै घर फर्किन सक्नेछन् । मोरोक्कोको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले भने आफ्नो देशको अस्पतालमा एकै आमाले त्यति धेरै बच्चा जन्माएको आफूलाई जानकारी नभएको बताएका छन् ।

डाक्टरहरूले एकै पटक नौ बच्चा जन्मिनु दुर्लभ घटना भएको भन्दै आमा र सबै बच्चाहरूलाई बचाउनु चुनौतीपूर्ण हुने बताएका छन् । यसअघि नेपालमा पनि नुवाकोटको एक महिलाले एकै साथ ६ बच्चाको जन्म दिएकी थिई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...