फेरी पनि जनर्दन शर्मा नै अर्थमन्त्री बन्ने !

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनले फेरी पनि जनार्दन शर्मा अर्थमन्त्री बन्ने दावी गरेका छन् । संसदमा पत्रकारसँग बोल्दै पुनले संसदीय छानविन समितिबाट आरोप पुष्टि नभए जनार्दन शर्मा नै मन्त्री बन्ने दावि गरेका हुन् ।

अहिले छानविनका लागि मार्गप्रसस्त मात्रै गरको भन्दै उनले आरोप पुष्टि नभए शर्मा नै अर्थमन्त्री बन्ने दावी गरेका हुन् । संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले छानविन नसकिएसम्म माओवादीले अर्थमन्त्रीमा कसैलाई नपठाउने जिकिर गरे ।

पुनले अर्थमन्त्रीले राजीनामा दिएर शर्माले उच्च राजनीतिक नैतिकता देखाएको बतए । अर्थमन्त्रीमाथि छानविन गर्न समिति गठन हुनुलाई पार्टीले स्वभाविक रुपमा लिएको र पार्टीले नै राजीनामा दिन सुझाव दिएको पुनको भनाई छ ।

उनले छानविन समितिले नै सत्यतथ्य ल्याउने भएपनि अहिले नै शर्मालाई दोषी देखाउने काम भएको भन्दै आपत्ती जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...