संसद भवन भित्रै सांसदले अश्लील सामग्री हेरेपछि………

लन्डन – बेलायती सांसद निल पेरिशले भूलवश आफ्नो मोवाइलमा पोर्न भिडियो खुलेको हुन सक्ने बताएका छन्। यसै साता उनी संसद् भवनभित्र मोवाइलमा अश्लील सामग्री हेरेको अवस्थामा भेटिएका थिए।

सो घटनापछि पेरिश कन्जरभेटिभको संसदीय दलबाट निलम्बनमा परेका छन् । हाउस अफ कमन्सको वैठकमा उनले अश्लील सामाग्री हरेको दुई महिला सांसदहरुले आरोप लगाउँदै आएका छन्।

आफूहरु नजिकै बसेर त्यस्तो सामाग्री हेरेको महिला सांसदहरुको गुनासो छ। यस विषयमा अनुसन्धान सुरु गरिएको छ। ६५ वर्षीय पेरिशले ‘पागलपनको क्षण’का लागि माफीसमेत मागेका छन् ।

आफूले संसद्मा दुई पटक अश्लील सामाग्री हेरेको उनले स्वीकारेका छन् । यसअघि उनले घटनाप्रति स्वीकार गर्ने संकेत गरेका थिए ।

आफ्नो फोनमा भूलबश भिडियो खुलेको हुन सक्ने उनको भनाई थियो । सदनमा पोर्नोग्राफी हेरेको आरोप दुई महिला सहकर्मीले सांसदमाथि आरोप लगाएका थिए ।

उनीहरूले आफ्नो नजिकै बसेर पेरिशले वयस्क सामग्री हेरिरहेको गुनासो गरेका थिए । यस विषयमा अनुसन्धान सुरु गरिएको छ ।

शुक्रबार, पेरिसले आफूलाई संसदको मापदण्ड आयुक्त क्याथरिन स्टोनलाई त्यसबारे आफै जानाकारी गराएपछि उनको पार्टीबाट निलम्बन गरिएको थियो ।

‘निस्सन्देह यो लाजमर्दो छ । यो मेरी श्रीमती र परिवारको लागि लाजमर्दो छ । यो अहिलेको मेरो मुख्य चिन्ता हो । मसँग धेरै सहयोगी श्रीमती छिन र उनलाई धन्यवाद दिन्छु’, पेरिशले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...