मात्रै ३५ रुपैयाँमा बिकिरहेछन् यी कलिला किशोरी

काठमाडौं – सुन्दा पनि अचम्म लाग्ने खबर, चरम आर्थिक अभावका कारण कलिला किशारीहरु मात्रै ३५ रुपैयाँमा आफ्नो शरीर बेच्न बाध्य भइरहेछन् ।

यी किशोरीहरुले धेरै राम्रो मुल्य पाएको खण्डामा पनि मात्रै ११५ रुपैयाँ मात्रै पाउँछन् । यो रोचक खबर दक्षिणी अफ्रिकाका कैयौँ क्षेत्रमा भएको र हुदैँ गएको छ । यहाँका चरम भोक मरीबाट पिडित छन् ।

रोयटर्सको रिपोर्ट अनुसार मानवीय आधारमा मानिसहरुलाई सहायता पुर्याउने संस्था वल्र्ड भिजनले भनेको छ : भोकबाट ज्यान बचाउन अंगालेमा मात्रै १२ बर्षका किशोरीहरु करिब ४५ रुपैयाँमा देह व्यापार गरिरहेको छन् ।

दक्षिण अफ्रिकामा करिब साढे ४ करोड मानिसहरु भोक मरीको समस्या झेलिरहेको संयुक्त राष्ट्रसंघको रिपोर्टमा उल्लेख छ ।खडेरी, बाढी र अािर्थक अवस्थाका कारण उनीहरुले यस्तो समस्या झेल्नु परिरहेको छ ।

वल्र्ड भिजनले आफ्ना स्थाफले नै अंगोला र जिम्बाब्बेमा देह व्यापार गर्ने किशोरीहरुको संख्या बढिरहेको देखेको बताएको छ । यहाँ संकटका कारण बाल विवाहको खतरा पनि बढिरहेको छ ।

अंगालोमा वल्र्ड भिजनका इमरजेन्सिज डाइरेक्टर रोबर्ट बुल्टनले भने “हुन सक्छ कि यहाँ एक किशोरीले यौनको लागि ११५ रुपैयाँ (स्थानीय मुद्रामा ५०० क्वान्जा) पाउन सक्छिन् वा ४५ रुपैयाँ (२०० क्वान्जा) मात्रै पनि पाउन सक्छिन् ।”

क्वान्जा निकै सस्तो मुद्रा हो । १० क्वान्जा बराबर नेपाली २ रुपैयाँ २९ पैसा मात्र हुन्छ । रोबर्टका अनुसार बितेको एक बर्षमा अंगोलामा कैयौ अन्नको मुल्य दोब्बर भएको छ जसका कारण मानिसहरुलाई अन्न किन्नै मुस्किल भएको छ ।

अर्को अन्न भित्र्याउने समय जुन भन्दा पहिले हुँदैन त्यसैले अझै खराब परिस्थिति आउन सक्छ । केयर इन्टरनेशनल न ामक संस्थाले जिम्बाब्बेमा पनि १४ बर्षसम्मका किशोरीहरु देह व्याष्पार गरिरहेको छन् ।

संस्थाकी क्षेत्रिय लैंगिक एक्सपर्ट एभरजोय महुकले भने कयौ पटक यी किशोरीहरुले मात्रै ३५ रुपैयाँ ( १५० क्वान्जा) मात्रै पाउँछन् ।

उक्सन एडका क्षेत्रिय सल्लाहकार चि कोन्डी चबवुताले भने मलावी र मोजाम्बिकमा पनि किशोरी र महिलाहरु बाध्य भएर देहव्यापार गर्नु परिरहेको छ ।

अफ्रिकाका केही भागमा १९८१ पछि अहिलेसम्मकै सबै भन्दा कम बर्षा भएको छ । संयुक्त राष्ट्रसंघले यको पछाडि जलबायु परिवर्तनलाई

कारक मानेको छ । जाम्बिया, मदागास्कर, नामिबिया, लेसोथो र इस्वातिनी जस्ता अफ्रिकी देश पनि यसबाट प्रभावित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...