क्यालालम्पुर –
मलेसियाकी एक महिला मन्त्रीले ‘जि द्दी’ श्रीमतीलाई उनीहरुको अशिष्ट व्यवहारको लागि अनुशासन दिन ‘नम्रतापूर्वक’ कु’ट्ने सल्लाह दिएपछि आ क्रो श बढेको छ ।
महिला, परिवार तथा समुदाय विकास उपमन्त्री सिती जैलाह मोहद युसोफमाथि पुरुषहरुलाई पत्नि कु’ट्न उकासेर घरेलु हिं सा लाई सामान्यिकरण गरेको आ रो प लागेको छ ।
इन्स्टाग्राममा पोस्ट गरिएको दुई मिनेट लामो एउटा भिडियोमा उपमन्त्रीले सुरुमा श्रीमानहरुलाई आफ्ना ‘घ’म’न्डी’ श्रीमतीलाई उनीहरुसँग बोलेर नै ‘अनुशासित’ गराउन सुझाव दिएकी छिन् ।
श्रीमतीले स्वभाव परिवर्तन नगरे उनीहरुसँग तीनदिन अलग सुत्न पनि उपमन्त्रीले सुझाव दिएकी छिन् ।
‘अझै पनि पत्नीले सुझाव अस्वीकार गरे आफ्नो कठोरता देखाउन र उनलाई परिवर्तन गर्न श्रीमानहरूले उनीहरुलाई बिस्तारै थ’प्प’ड हा’ने’र शारीरिक स्पर्शको प्रयास गर्न सक्छन्’, मोदरर्स टिप्स नाम दिइएको सो सुझावमा मन्त्रीले भनेकी छिन् ।
पान–मलेशियन इस्लामिक पार्टीको सांसदसमेत रहेकी उपमन्त्रीले महिलाहरूलाई आफ्ना पाटनरर्सको मन जित्न पतिसँग मात्र बोल्न आग्रह गरेकी छिन् ।
‘आफ्ना श्रीमानहरू शान्त हुँदा खाना खाइसकपछि र प्रार्थना गरिसकेपछि उनीहरूसँग कुरा गर्नुहोस् । ’ सिति जैलाहले भनिन्, ‘बोल्नुभन्द अगाडि पहिले अनुमति लिनुहोस् ।’
महिला अधिकार समूहहरुको गठबन्धन र लैंगिक समानताका लागि संयुक्त कार्यले सितीले घरेलु हिं सा लाई पश्रयले दिएको आ’रो’प लगाउदै पदबाट राजीनामा दिन माग गरेका छन् ।
‘मलेसियामा अ प रा ध मानिने घरेलु हिं सा लाई सामान्यिकरण गर्ने र लैंगिक समानतविरोधी बिचारलाई निरन्तरता दिने उपमन्त्रीले राजीनामा दिनुपर्छ ।,’ गठबन्धन र लैंगिक समानताका लागि संयुक्त कार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सन् २०२० देखि सन् २०२१ को अवधिमा घरेलु हिं’साबारे ९ हजार १५ ओटा उजुरी प्रहरीमा परेकाे थियो ।
घरेलु हिं’साबारे बोल्दा प्रायः कलं’क र डर जोडिएको हुन्छ र यसलाई सिति जैलाह जस्ताको कथनहरूले अझै खरा’ब बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

























