बेइजिङ-
चीनमा विवाह गर्ने इच्छा भएका पुरुष र महिलाले उपयुक्त जोडा नभेट्दा उनीहरु चिनियाँ कम्युनिस्ट पार्टीको शरणमा पुग्ने गरेका छन्।
कम्युनिस्ट पार्टीले विभिन्न स्थानमा युवा र युवतीलाई भेट गराउँदै मन परापर हुनेहरुको सामूहिक विवाह गर्ने गरेको छ। सोही कारण युवा युवतीहरु विवाह गर्न मन लाग्दा त्यहाँ पुग्ने गरेका हुन्।
सोही क्रममा हालै सान्दोङ प्रान्तमा कम्युनिस्ट पार्टीले सयभन्दा बढी जोडीको एकै साथ विवाह गरिदिएको छ। पार्टीले विवाह नगरेको महिला र पुरुषको नामावली संकलन गराएर भेट गराइदिने कार्यक्रम संचालन गरिरहेको हो।
झांग सोगे ३० वर्षका युवा हुन्। उनी कयौं महिनादेखि विवाह गर्न खोजिरहेका थिए। उनलाई उपयुक्त युवतीको खाँचो थियो।
तर उनले बेहुली खोज्न सकेनन् त्यसैले हार खाएर उनी हालै कम्युनिस्ट पार्टीको शरणमा पुगे। यतिबेला उनले विवाह गरिसकेका छन्।
वास्तवमा चीनमा जन्मदर र विवाह दरमा गिरावट आइरहेको छ। विवाह दरलाई बढाएर जन्मदर बढाउने उद्देश्यका साथ कम्युनिस्ट
पार्टीको युवा शाखाले युवा युवतीलाई उपयुक्त जोडा खोजिदिएर विवाह गराइदिने कार्यक्रम ल्याएको हो जुन सफल भइरहेको देखिन्छ।
यो पनि : बेलायतका सबैभन्दा कम उमेरका अर्बपति जोनी बफरहाट एक पटक फेरि चर्चामा छन् । २७ वर्षका जोनीले होपिन नामको एक भिडियो कन्फ्रेन्सिङ एप बनाएर अरबौं रुपैयाँको कम्पनी खडा गरे ।
अहिले उनले यही कम्पनीको केही शेयर बेचेर थप १०० मिलियन पाउण्ड (१६ अर्ब रुपैयाँ) कमाएका छन् । उनको यो सफलताको पछाडि उनकी गर्लफ्रेण्डको ओच्छ्यानको खास भूमिका छ ।
खासमा जोनीको करिअर २०१८ मा उनकी गर्लफ्रेण्डको ओच्छ्यानबाट सुरु भएको थियो । डेलीस्टारका अनुसार उनले गर्लफ्रेण्डको ओच्छ्यानमा सुतेरै यो होपिन एपको कोडिङ सुरु गरेका थिए ।
तर त्यतिबेला पैसा नभएका कारण उनले यो एप लञ्च गर्न सकेनन् । होपिन एप जूम कल जस्तै हो जसको माध्यमबाट मानिसहरु लाइभ भिडियो कल गर्न सक्छन् ।
होपिनले कुनै पनि संस्थाका स्टाफलाई रिमोट नेटवर्कमा काम गर्ने सुविधा दिन्छ । जोनीले २०२० मा होपिन लञ्च गरे । त्यसपछि उनले फण्डिङ
जुटाएर बेलायतका सबैभन्दा कम उमेरमा आफ्नै परिश्रमले अर्बपति बन्ने व्यक्ति बने । केही दिन पहिले उनले आफ्नो कम्पनीको केही शेयर बेचेर १०० मिलियन पाउण्ड कमाएका छन् ।
उनले २०२० मा बेलायतमा लकडाउनपछि घरबाटै काम गर्ने प्रचलन बढ्न थालेको देखेपछि यो एप लञ्च गरेका थिए । लञ्च भएको एक वर्षपछि नै
यो एपका प्रयोगकर्ताको संख्या ५० लाखभन्दा धेरै भइसकेको थियो । यति ठूलो संख्यामा प्रयोगकर्ता भएपछि यो एपको मार्केट क्याप ४.१ बिलियन पाउण्ड भइसकेको थियो ।
होपिनको बढ्दो मार्केट क्यापका कारण जोनीको कूल सम्पत्ति १.५ बिलियन पाउण्ड (२ खर्ब ४१ अर्ब रुपैयाँभन्दा धेरै) भएको छ ।
उनी २०२१ मा सन्डे टाइम्स रिच लिस्टमा ११३ औं स्थानमा थिए । जोनीका अनुसार उनका साथीहरुको लागि भने उनी निकै बोरिङ छन् ।
किनकि उनी न ड्रिंक गर्छन् न पार्टी गर्छन् । उनलाई यस्तो केही पनि मन पर्दैन । अहिले जोनी आफ्नो एपमा अन्य केही फिचरहरु थप गर्ने विषयमा काम गरिरहेका छन् ।
























