‘पब्जी’ को प्रभावमा बालकले गरे आमा र तीन भाइबहिनीको ह त्या !

लाहोर – 

पाकिस्तानको पञ्जाब प्रान्तमा १४ वर्षीय बालकले अनलाइन गेम ‘पब्जी’ को प्रभावमा आफ्नी आमासहित तीन भाइबहिनीलाई गो ली हा ने र ह त्या गरेका छन्।

गत साता लाहौरको काहना क्षेत्रका ४५ वर्षीय स्वास्थ्यकर्मी नाहिद मुबारक, उनका २२ वर्षीय छोरा तैमुर र १७ र ११ वर्षीया दुई छोरीको शव भेटिएको थियो।

नाहिद मुबारकको सम्बन्ध वि च्छे द भइसकेको थियो। परिवारमा नाहिद मुबारकका १५ वर्षीया छोरा मात्र सुरक्षित थिए। प्रहरीका अनुसार उनी नै ह त्या रा भएको एनडिटिभी इन्डियामा समाचार छ।

बयानमा भनिएको छ , ‘केटा पब्जी खेलाडी भएको र उनले खेलको प्रभावमा आफ्नी आमा र भाइबहिनीको ह त्या गरेको स्वीकार गरेका छन्।

दिनको धेरै समय अनलाइन गेम खेल्दा उनलाई केही मनोवैज्ञानिक सम’स्या देखिन थालेको छ।’

पढाइमा ध्यान नदिने र दिनभर ‘पब्जी’खेलेको भन्दै आमाले छोरालाई बारम्बार गा ली गर्ने गरेको प्रहरीले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘घटना भएको दिन नाहिदले केटोलाई गा ली गरेकी थिइन् । पछि उसले दराजबाट आमाको ब न्दु क निकालेर आमा र उनका अन्य तीन भाइबहिनीलाई गो ली हानेर ह त्या गरे।’

बयानका अनुसार भोलिपल्ट बिहान केटोले कराएर छिमेकी र पुलिसलाई बोलाए। त्यतिबेला केटोले आफू घरको माथिल्लो तलामा रहेको र कसरी आफ्नो परिवारको ह त्या भयो थाहा नभएको प्रहरीलाई बताए ।

नाहिद मुबारकले आफ्नो परिवारको सुरक्षाका लागि पेस्तोल किनेकी थिइन्। उनीहरुसँग लाइसेन्स पनि रहेको प्रहरीले जनाएको छ ।

बालकले फ्याँकेको नालीबाट पेस्तोल अझै ननिकालेको प्रहरीले जनाएको छ । केटोको रगतले लतपतिएको लुगा ब’रा’म’द गरिएको प्ररीले बतायो। 

एनडिटिभी इन्डियाबाट अनुदित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...