जर्मनीमा रहेका नेपाली जोडीले टिकटकबाट इमोसनल ब्ल्या क मे ल गरेर उठाए झन्डै एक करोड, साथीले पोल खोलिदिएपछि वि वा द मा !

काठमाडौँ – अहिले टिकटक हेर्ने हो भने शाश्वत बम र दिया नेपाल भाइरल छन्। नेपालबाट जर्मनी गएका उनीहरू केही महिना अगाडिदेखि टिकटकमा सक्रिय भए।

दिया नेपाल अस्पतालको बेडमा सुतिरहेको अनि उनलाई खुसी बनाउन शाश्वतले गीत गाउने अनि नाच्ने गरेको भिडियो शाश्वतले आफ्नो टिकटक अकाउन्टमा राखेपछि बिस्तारै यो जोडी भाइरल हुन थाल्यो।  

यही बिच शाश्वतले श्रीमतीको नयाँ जीवनका लागि गो फन्डमा २०२१ डिसेम्बर २ मा फन्ड सङ्कलन गर्न खाता खोले। टिकटकमा उनीहरूको भिडियो पपुलर बन्दै गयो।

यहीबिच कथा सुनाएर ठुलो फ्यान फलोइङ बनाउन सफल साइग्रेसले पोखरेलले शाश्वतले दियाका लागि लेखेको चिठी पढेर आफ्नो युट्युब च्यानल ‘सुन्ने चिठी’मा राखिदिएपछि उनीहरूबारे चासो बढ्दै गयो।

गो फन्डमा दियाको मस्तिष्कमा ग म्भी र रूपमा क्ष ति पुगेको,उनको म’स्तिष्कमा आन्तरिक र’क्तस्रा’व भएको उल्लेख गरेका छन्। उपचार गराउनेक्रममा किड्नीमा सम’स्या देखिएको अनि किड्नी ट्रान्सप्लान्ट या हप्तामा तीन हप्तामा डाइलासिस

गर्नुपर्ने र किड्नी ट्रान्सप्लान्टका लागि नेपाल जाने तयारी गरेको भन्दै उनले गो फन्डबाट सहयोग उठाउन थाले। उनको टिकटकको भिडियो अनुसार उनको श्रीमती अझैँ पनि अस्पतालको बेडमै भएको झैँ देखिन्छ। निकै भावुक बनाउने उनीहरूको भिडियोले

फन्ड बढाउन सहयोग पूर्यायो। २ हजार सत सयले गो फन्डमा सहयोग गरे। उनले नेपालका डिजिटल वालेटबाट पनि पैसा उठाए। गो फन्डमा मात्र दियाको नाममा ७२ हजार ४ सय ४८ अमेरिकी डरल उठ्यो। यही बिचमा टिकटकमा अर्को भिडियो आयो।

यी दुवैको साथी भन्दै टिकटक लाइभमा उनीहरूले पुरानो भिडियो राखेर इमोशनल ब्ल्याकमेल गरेको, उनीहरूले भावनामा खेलेर ठ गी गरेको दाबी थियो। ती थिइन् मेलिना अधिकारी। उनले पहिला दिया बिरा’मी भएको तर अहिले उनी स्वस्थ भएको, आफूहरू एकै ठाउँमा बस्ने अनि दियासँग सँगै वाकमा जाने गरेको दाबी गरेकी थिइन्।

उनले दियाको उपचारका लागि जर्मनीमा रहेका नेपालीहरूले २५ हजार उठाएर सहयोग गरेको तर उपचारका क्रममा उनीहरूको पैसा खर्च नभएको, सबै इन्स्योरेन्सले कभर गरेकोसम्म दाबी गरिन्। उनले अर्काको भावनामा खेलेर पैसा नउठाउन भन्दा जे गर्न सक्छस् गर भनेर भनेपछि टिकटक लाइभमा आउनु बाध्य भएको दाबी गरिन्।

‘मेरै साथी हो। हामीले हेल्प गरेर २०-२५ हजार डलर उठाएर सहयोग गरेको। विदेशमा बसेर त्यस्तो घटनामा एक पैसा खर्च नगरेको । घर आएको २ महिना भयो। उनी स्वस्थ छिन्। साढे तीन महिना अगाडिको आइसियुको भिडियो हालेर इमोशनल ब्ल्याकमेल गरिरहेका छन्,’

उनले लाइभमा भनिन्’यहाँ उपचारका लागि एक पैसा पनि लागेन। इन्स्योरेन्सबाट कभर भयो। उनी घरमा बस्दा पनि इन्स्योरेन्सबाट पैसा आइरहेको। पहिलाको भिडियो राखेर एक करोड उठाएका छन्।

मेसेज गरेर चे ता व नी दिँदा पनि उनले जे गर्छ गर भनेकाले टिकटक लाइभमा आएको हुँ।’उनले उनीहरूको सत्य के हो भनेर जानकारी दिन मात्र लाइभ गरेको हो भन्दै उनले दाबी गरिन्’ त्यो ट्रिटमेन्टका लागि यहाँ पैसै लाग्दैन।’

यही बिचमा साइग्रेस पोखरेलले युट्युबमा राखेको सुन्ने चिठी हटाए। जुन प्लेटफर्म प्रयोग गरेर उनीहरूले पैसा उठाएका थिए त्यही प्लेटफर्म टिकटकमा उनीहरूको बदमासी छ्यापछ्याप्ती आउन थाले। त्यसपछि भने गो फन्डमा फन्ड बढ्ने हैन घट्न थाल्यो।

७२ हजार ४ सय ४८ अमेरिकी डलर पुगेकोमा त्यो घटेर अहिले ७० हजार ४ सय ४६ अमेरिकी डलर भएको छ। एकै व्यक्तिले ६ सय ७० डलरसम्म सहयोग गरेका छन्। २ हजार सात सय जनाले सहयोग गरेको देखिन्छ गो फन्डमा।

त्यसपछि शाश्वत टिकटकमा आएर अस्पतालको बेडको मात्रै भिडियो हैन उनको श्रीमती ठिक हुँदै गरेको, आफैँ ब्रस गरेको लगायतका भिडियोहरू राखे। उनी टिकटकमा लाइभमा आएर श्रीमतीको नयाँ जीवनका लागि फन्ड उठाएको हो र  उनको भविष्यका

लागि फन्ड उठाएको भन्दै लाइभमा उनले भनेका छन्’उनको लागी खाना, बस्न र भाडा तिर्न फन्ड उठाएको। हामी अहिलेसम्म यसरी अडिएको त्यो फन्ड उठेर हो। अब उनको लागि कता किड्नी भेटिएला भनेर फन्ड उठाएको हो क्या।’

पुरानो भिडियो राखेर इमोशनल बनाएर रकम उठाएको पोल खुलेपछि अहिले उनी पैसा दिन कसैलाई जवर्जस्ती नगरेको दाबी गर्दै कसैले चाहे आफूले गरेको सहयोग फिर्ता लिन भनेका छन्। उनको दाबी अनुसार नेपालबाट डिजिटल वालेटबाट ५० हजार जति सहयोग उठेको थियो। जुन उनले अब फिर्ता गर्छन् रे।

यो पनि : श्रीमती बिरामी भएको पुरानो भिडियो टिकटकमा राखेर इमोशनल ब्ल्या’कमेल गर्दै पैसा उठाएको वि’वादमा तानिएका जर्मनीमा रहेका नेपाली जोडीसँगै जोडिए चर्चित कथा वाचक साइग्रेस पोखरेल।

उनले शाश्वत बमले आफ्नी श्रीमती दिया नेपालका बारेमा लेखेको कथा पढेर आफ्नो सुन्ने कथा युट्युब च्यानलमा राखिदिएका थिए। तर दिया अस्पतालमा नभई अपार्टमेन्टमा आइसकेकी थिइन् र उनको स्वास्थ्य बिमा भएकाले उपचारको सबै रकम बिमाबाट कभर भएको थियो।

उता शाश्वतले आफ्नो टिकटक अकाउन्टमा साइग्रेसको सुन्ने चिठी राखेर प्रयोगकर्ताहरूलाई इमोशनल बनाउँदै गोफन्डमार्फत पैसा उठाइरहेका थिए। गोफन्डमा ७२ हजार अमेरिकी डलरसम्म उठ्यो।

शाश्वत र दियाकै साथी मेलिना अधिकारी एकाएक टिकटक लाइभमा आएर शाश्वतले इमोसनल ब्ल्याकमेल गरेर पैसा उठाएको र दिया अहिले सन्चो भइसकेको भन्दै यी दुवैको पोल खोलिदिएपछि यो स्क्याम सार्वजनिक भयो।

लगत्तै साइग्रेसले त्यो कथा युट्युबमा प्राइभेट गरे। उनले भिडियो प्राइभेट गरेपछि फेसबुकमा भिडियो सन्देश राख्दै किन आफूले भिडियो प्राइभेट गरेको हो भनेर प्रस्टीकरण दिएका छन्।

उनको प्रस्टीकरण सम्पादनसहित

साना कथाहरू आफैँले लेखेर पनि कथा वाचन गर्ने गरेको छु। कहिलेकाहीँ आएका कथाहरू पनि छानेर पढेर राख्ने गरेको छु। कथा छानेर राख्नका लागि तीन जना राइटर हुनुहुन्छ। अर्को एक जना सहयोगी पनि हुनुहुन्छ। त्यसरी कथा छानिएर मसम्म आइपुगेपछि चो री भएको हो या हैन भनेर भेरिफाइ गर्ने गरेको छु।

मलाई इन्टाग्राम र टिकटकमा दियाको बारेमा धेरै ट्यगाहरु आउन थाले। यस्तो अवस्थामा भएकाको कथा पढेर सहयोग गर्न आग्रहहरू आए। अनि मलाई शास्वतजीले पर्सनल इमेल पनि गर्नुभयो। मैले धेरै कथाहरू छन् भ्याएमा पढ्छु भनेर रिप्लाई दिए। एक्कासि धेरै ट्यागहरू आयो।

भिडियो हेरेपछि दयनीय अवस्था देखे। मैले कथा पढ्दा कसैलाई रिलिफ हुन्छ भने ठिकै छ नि त भनेर कथा पढ्ने निर्णय गरे। कथामा पात्रको नाम गोप्य राख्ने र सहयोग माग्ने गरेको छैन। तर यो कथामा दुवै जनाको नाम छरपस्ट भइसकेको थियो। त्यसैले नाम लिएर वाचन गरे।

बि’रामी हुनुहुन्छ र उहाँलाई सन्तुष्टि दिन्छ भनेपछि पढेको हो। मैले शास्वतजीलाई वाट्सएपमा नम्बर मागेर कुराकानी गरे। चाहिएको जानकारी लिएर कथा सुरु गरेको हो। भिडियो पब्लिस भएपछि उहाँहरूको साथी मेलिनाले कुरा गर्न चाहन्छु भनेर मेसेज पठाउनुभयो।

कुराकानीमा गोफन्डबाट पैसा उठाएको कुरा थाहा पाए। हामी बसेको स्थानमा पनि उपचारका लागि इन्स्योरेन्स हुन्छ। त्यहाँ पनि उपचारका लागि पैसा चाहिँदैन। मैले तपाइको साथीलाई भन्नुस्। सहयोग नउठाउनुस् भने। मेलिनाजीले केही दिनमा हामी केही गर्छौ भन्नुभयो।

मेलिनाजीको भिडियो आएपछि मैले भिडियो प्राइभेट गरे। शास्वतजीलाई पनि यसबारे जानकारी गराए। भिडियो आइसकेपछि इथिकल्ली भिडियो राख्न सकिन। अब यो केस सल्भ नभएसम्म म भिडियो पब्लिस गर्दिन।

यसमा कथा न्यारेट गर्दा आर्थिक सहयोग गर्नुस् भनेको छैन। गोफन्डको कुरा आएपछि भिडियो राख्न नैतिकताले नदिएपछि प्राइभेट गरेको हो। उकेराले प्रकाशित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...