एजेन्सि –
अमेरिकी वैज्ञानिकहरूले बनाएको जीवित रोबोटले सन्तान जन्माउन सक्ने भएको छ ।
अमेरिकी वैज्ञानिकले बनाएको जिनोबोट नामक जैविक रोबोटले वनस्पति र प्राणीको भन्दा फरक तरिकाले सन्तान उत्पादन गर्न सक्ने सीएनएनले जनाएको हो।
आर्टिफिसियल इन्टेलिजेन्समार्फत् पहिलो पटक डिजाइन गरिएको सिनोबोटले आफ्नो मर्मत आफैं गर्न र आफू जस्तै सन्तान जन्माउन सक्छ ।
जैविक रोबोटसम्बन्धी नयाँ अध्ययनलाई पीएनएएस नामक जर्नलमा सोमबार प्रकाशित गरिएको छ । कच्चा पदार्थबाट आफू जस्तै सन्तान जन्माउन सक्ने स्वचालित रोबोटको अवधारणा पहिलो पटक सन् १९४८ मा हंगेरीका गणितज्ञ जोन भोन न्युम्यानले अघि सारेका थिए ।
हाल आएर न्युम्यानकको अवधारणाले सार्थकता पाएको छ। आफैं सन्तान जन्माउन सक्ने रोबोट जैविक रुपमा बनाइएको हो। अर्थात् यो एल्युमिनियम, प्लास्टिक वा स्प्रोकेटबाट बनेको रोबोट होइन।
प्रजनन क्षमता भएको मूल रोबोट र यसबाट जन्मिने सन्तानमा पूरै जैविक गुणहरू हुन्छन् ।
अफ्रिकामा पाइने जिनोपस लेभिस नामक भ्यागुताको ‘स्टेम सेल’ (मूल कोषिका) बाट निर्माण गरिएको हुनाले सन्तान जन्माउने पहिलो रोबोटको नाम जिनोबोट राखिएको समाचारमा उल्लेख छ ।
एक मिलिमिटरभन्दा कम चौडाइ रहेको जिनोबोट हिड्न, समूहमा काम गर्न र आफ्नो उपचार आफैं गर्न सक्छ । जिनोबोटलाई भर्मोन्ट, टुफ्ट्स र हार्वर्ड विश्वविद्यालयका वैज्ञानिकले बनाएका हुन् ।
प्राणी वा वनस्पतिको भन्दा निकै भिन्न प्रकारको जैविक प्रजनन क्षमता पत्ता लागेपछि वैज्ञानिक आफै चकित बनेका छन् ।
‘यसबाट म चकित भएको छु’, नयाँ अनसन्धानमा संलग्न टुफ्ट्स विश्वविद्यालयका जीवशास्त्री माइकल लेभिनले भने । वैज्ञानिहरूले जिनोबोट बनाउने क्रममा भ्यागुताको भ्रूणबाट जीवित ‘स्टेम’ कोशिषा लिकालेर कोरल्नका लागि इन्कुबेटरमा राखेका थिए ।
अनुसन्धानको नेतृत्व गरेका भर्मोन्ट विश्वविद्यालयका रोबोट विज्ञ एवं कम्प्युटर वैज्ञानिक जोश बोनगार्डले भ्यागुताको कोशिषामा कुनै आनुवंशिक परिवर्तन नगरिकनै जैविक रोबोट बनाएको बताए ।
‘अधिकांश मानिसले धातु वा सेरामिक्सबाट रोबोट बन्ने ठान्छन् तर मानिसका लागि आफैं काम गर्न सक्ने रोबोट यसरी मात्रै बन्दैन’, बोनगार्डले भने, ‘यसरी हेर्दा यो रोबोट पनि हो र आनुवंशिक परिवर्तनबिनै भ्यागुताको कोषिकाबाट बनेको जीवित वस्तु पनि हो ।’ सीएनएनबाट
यो पनि : आगामी वर्षदेखि लागू हुने गरी तेस्रो सन्तानको नीति अघि सारेको चीनले नीति सफलताका लागि अनेकन योजनाहरू सार्वजनिक गरेको छ ।
सन् २०२२ को जनवरीदेखि लागू हुने गरी अधिकांश प्रान्त तथा नगरपालिकाहरूले विदा तथा सेवा सुविधाका योजनाहरू सार्वजनिक गरेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।
मातृत्व बिदालाई ६० वा सोभन्दा बढी बनाउनेदेखि पुरूष र दम्पति विदा, विवाह, घुमघाम, ३ वर्षसम्मका बच्चाको स्याहारसुसार बिदा सहित सबैभन्दा लामो बिदासम्मका अनेकन ‘स्किम’हरू अघि सारिएको छ ।
त्यस्तै अपां’गता, अक्ष’मता भएका वा बच्चा गुमाएका अभिभावकको सहायता रकम १० हजार युआनदेखि विशेष सहायता कोष पनि घोषणा गरिएको छ ।
सबैभन्दा घना मानिने केन्द्र शासित छोङछिङ नगरपालिकाले सुत्केरी आमा र दम्पतिकै लागि वार्षिक विदाहरू चीनकै सबैभन्दा लामो भनेर घोषणा गरिसकेको छ ।
यसैगरी चीनका धेरै प्रान्त र सहरहरूले जन्मदरको लक्ष्यलाई साकार तुल्याउन अनेकन सुधारका कदमहरू चालेका छन् । हनान, च्याङ्सी, सिचुआन,
चच्याङ लगायत अन्य प्रान्तहरूले तीन वर्षभन्दा कम उमेरका बच्चाहरू भएका दम्पतीहरूलाई प्रत्येक वर्ष १० दिनको अभिभावकीय बिदा दिने व्यवस्था गरेका छन् ।
आन्हुई प्रान्तले ६ वर्षभन्दा कम उमेरका बच्चाका आमाबाबुका लागि बिदा विस्तार गरेर दुवै पक्षका लागि वार्षिक १० दिन बिदा थपेको छ ।
बेइजिङमा नोभेम्बर २६ तारिख बसेको १५ औं बेइजिङ ‘म्युनिसिपल पिपुल्स कंग्रेस’ स्थायी समितिको ३५औं बैठकले बेइजिङको जनसङ्ख्या र परिवार नियोजन नियमावलीलाई संशोधनसहित पारित गरेको छ ।
संशोधित नियमहरूले जन्म प्र’ति’ब’न्ध सम्बन्धी नियम खारेज गरेर एक जोडीले तीनवटा बच्चा जन्माउन सक्ने बनाएको छ । राज्यले तोकेको सुत्केरी बिदाको अतिरिक्त महिलाले पाउने सुत्केरी बिदा ३० दिनबाट बढाएर ६० दिन पुर्याएको छ ।
पुरुषले १५ दिनको सुत्केरी बिदा पाउनेछन् । पेकिङ युनिभर्सिटी जनसंख्या अध्ययन विभागका प्रोफेसर लु च्येह्वाले भने, ‘चीनले परिवार नियोजनमा खुकुलो नीति लिनुपर्ने कारणमध्ये घट्दो जन्मदर र युवापुस्ताको अभाव नै हो ।’
गत जुनमा बसेको चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको बैठकले प्रति दम्पती तीन सन्तानको नीति प्रस्तुत गरेको थियो ।
चीनमा बुढ्यौली उन्मुख जनसंख्यालाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको हो । चीनमा सन् १९८० को दशकमा चीनमा एक सन्तान नीति लागू भएको थियो भने १५ नोभेम्बर २०१३ मा एक मात्र बच्चा भएको दम्पतीले दुई बच्चा जन्माउन सक्ने नीति ल्याइएको थियो ।
तर त्यो त्यति प्रभावकारी नभएपछि सन् २०१६ देखि कुनै पनि दम्पतीले दुई सन्तान जन्माउन सक्ने नीति ल्याइयो । प्रजनन दर सोचेजस्तो प्रभावकारी नभएपछि अनेकन ‘स्किम’का साथ चीनले २०२२ देखि तेश्रो सन्तानको नीतिलाई प्रश्रय दिन थालेको छ ।
























