मानव बे च बि ख न अ भि यो गमा प क्रा उ परेका गुल्मी सत्यावती गाउँपालिका–४ का ५२ वर्षीय नेत्रलाल ज्ञवालीवि रु द्ध अनुसन्धानमा जुटेका प्रहरी त्यतिवेला आश्चर्यमा परे, जब उनी कलेजको अध्यापक भएको तथ्य खुल्यो ।
अनुसन्धानका क्रममा प्रहरीले ज्ञवालीले अंग्रेजी विषयमा डबल मास्टर्स (लिटरेचर र लिङ्ग्विस्टिक) मा गरेको फेला पार्यो । ज्ञवाली कुलेश्वरस्थित जनमैत्री कलेजमा ‘पार्ट टाइम’ पढाउँथे । उनको ‘फुल टाइम’ भने यौ न ध न्दाका लागि ग्राहक खोज्नुमा बित्थ्यो ।
कोटेश्वरको भाटभटेनी सुपर मार्केटनजिकै नेवारी खाजाघर थियो । खाजाघरमा यौ न ध न्दा चल्थ्यो । सञ्चालिका थिइन्, भक्तपुरकी माया भनिने उर्मिला श्रेष्ठ । ध न्दाका लागि ग्राहक खोज्ने जिम्मा भने ज्ञवालीको थियो ।
गत १७ कात्तिकमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोबाट प क्रा उ परेका उनको सम्बन्धमा ब्युरो प्रमुख एसएसपी दुर्गा सिंहले भनिन्, ‘खाजाघरमा यौ न ध न्दा सञ्चालन भएको सूचनापछि हामीले अपरेसन चलायौँ । यही क्रममा नेत्रलाल प क्रा उ परे ।
अनुसन्धान गर्दै जाँदा उनी कलेजको लेक्चरर रहेको खुल्यो । शैक्षिक योग्यता हेर्दा उनले त अंग्रेजी विषयमा डबल मास्टर्स नै पो गरेका रहेछन् ।’
खाजाघरमा यौ न ध न्दा
यौ न ध न्दा चलेको सूचनापछि ब्युरो र माइती नेपालको संयुक्त टोलीले २५ भदौमा खाजाघरमा छा पा मार्यो । घरबाट पाँचभन्दा धेरै किशोरी उद्धार गरिए । उनीहरूलाई माइती नेपालको आश्रयमा राखियो ।
पहिलोपटकको बयानमा किशोरीहरू खाजाघरको सम्बन्धमा खुल्न चाहेनन् । महिना दिनको काउन्सिलिङपछि उ द्धा र गरिएका मध्येकी १६ वर्षीया विनिता शर्माले (परिवर्तित नाम) खाजाघरमा यौ न ध न्दा चल्ने गरेको खुलाइन् ।
बयानका क्रममा उनले दैनिक पाँचजनाभन्दा धेरै ग्राहकलाई सेवा दिनुपरेको र ग्राहकबाट प्राप्त रकम खाजाघर सञ्चालिका उर्मिलाले लिने गरेको बताइन् ।
ग्राहक खोज्ने काम भने नेत्रलाल ज्ञवालीबाट हुने गरेको खुलेपछि प्रहरी खोजीमा जुट्यो । केही दिनको खोजीपछि उनी प क्रा उ परे । अनुसन्धानका क्रममा खुल्यो, यौ न ध न्दामा संलग्न उनी कलेजका लेक्चरर समेत रहेछन् ।
तर, खाजाघर सञ्चालिका उर्मिलालाई भने प्रहरीले प क्रा उ गर्न सकेको छैन । ‘खाजाघर सञ्चालिका र नेत्रलाल लिभिङ टुगेदरमा बस्ने रहेछन् । खाजाघरमा यौ न ध न्दा चल्ने रहेछ ।
ग्राहक खोज्ने काम भने नेत्रलालले गर्ने रहेछन् । किशोरीसँगको बयानबाट यही खुलेको छ । खाजाघर सञ्चालिका र धन्दामा संलग्न अर्को एकजना फरार छन् । खोजीकार्य तीव्र पारेका छौँ । केही दिनभित्रै उनीहरू प क्रा उ पर्नेछन्,’ ब्युरो प्रमुख एसएसपी सिंहले भनिन् ।
प्रहरीका अनुसार बयान दिने किशोरी काठमाडौंकै स्थानीय हुन् । उनी अहिले यौ न रो गबाट ग्रसित छिन् । माइती नेपालको आश्रयमा रहेकी उनले सानैमा आमा गुमाएकी थिइन् ।
आर्थिक अभावपछि उनको अध्ययन पनि अघि बढ्न सकेन । आफन्तकहाँ बसिरहेकी उनी गत वैशाखबाट उर्मिलाको खाजाघरमा कार्यरत थिइन् । खाजाघरमा उनलाई दिदीको छोराले लगेर राखेका थिए ।
सरकारी अधिकृतबाट रिटायर्डपछि यौ न ध न्दा सञ्चालन
नेपाल सरकारको अवकाशप्राप्त अधिकृत हुन्, ठुटे बुढा भनिने दीपबहादुर श्रेष्ठ । स्वास्थ्य विभागअन्तर्गत कार्यरत उनी अवकाश भए लगत्तै होटेल व्यवसायमा लागे ।
कोटेश्वरमा दिपलक्ष्मी खाजा तथा गेस्टहाउस खोले । गेस्टहाउसमा म दि रासँगै यौ न ध न्दा पनि चलाउन थाले । ध न्दाका लागि किशोरी खोज्ने जिम्मा प्रिया भनिने विमला विकले लिएकी थिइन् ।
यौ न ध न्दा चलाउने गरेको सूचनापछि प्रहरीले गेस्टहाउसमा छा पा मार्यो । नभन्दै एक किशोरी ब न्ध क बनाइएको अवस्थामा भेटिइन् । उनैको बयानका आधारमा प्रहरीले दीप र विमलालाई प क्रा उ गर्यो । प क्रा उ परेका दुवै अहिले पुर्पक्षका लागि जेलमा छन् ।
उपत्यकाका खाजाघर प्रहरीको निगरानीमा
उपत्यकाभित्रका खाजा तथा गेस्टहाउसमा यौ न ध न्दा सञ्चालन हुने गरेको भेटिएपछि प्रहरीले नि ग रा नी बढाएको छ ।
सूचना संकलनका लागि प्रहरीले सादा पोसाकमा समेत प्रहरी परिचालन गरेको छ । यसक्रममा ध न्दामा संलग्न पाँचजना प क्रा उ परेका छन् । उद्धार गरिएका युवतीलाई भने माइती नेपालको आश्रयमा राखिएका छन् ।
अन्तरिक तवरले हुने मानव बेचबिखनजस्ता अ प रा ध रोक्न प्रहरीले यस्तो अ प रे स न चलाउनुपरेको ब्युरो प्रमुख एसएसपी सिंहले बताइन् ।
‘मानव बे च बि ख नजस्ता ज घ न्य अ प रा ध अन्तरदेशीय मात्रै हुने होइन, देशभित्र पनि हुने गरेका छन् । यसप्रति प्रहरी सचेत छ । उपत्यकाभित्रका खाजाघरमा यस्ता ध न्दा हुने गरेको सूचना हामीले पाएका छौँ ।
त्यसो हुँदा त्यस्ता घर हाम्रो निगरानीमा छन् । केहीमा छा पा मारेका छौँ,’ उनले भनिन् ।
























