काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलरको मूल्य थोरै बढेको छ भने युरो, अस्ट्रेलियन डलर, कुवेती दिनारसहित केही विदेशी मुद्राको मूल्य घटेको छ ।
त्यस्तै पाउन्ड, बहराइन दिनारसहितका केही मुद्राको मूल्य पनि बढेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३० पैसा र बिक्रीदर १३३ रुपैयाँ ९० पैसा निर्धारण भएको छ ।
हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८८ थियो । विगत तीन दिनसम्म स्थिर रहेको अमेरिकी डलरको मूल्य आज थोरै बढेको हो ।
त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ निर्धारण भएको छ । हिजो युरो १ को खरिदर १४४ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४५ रुपैयाँ १० पैसा थियो ।
त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ९६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ७३ पैसा निर्धारण भएको छ । हिजो पाउन्ड १ को खरिददर १७० रुपैयाँ ७३ पैसा र बिक्रीदर १७१ रुपैयाँ ५० पैसा थियो ।
आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९० रुपैयाँ २६ पैसा निर्धारण भएको छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९० रुपैयाँ ३७ पैसा थियो ।
त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४३७ रुपैयाँ ५८ पैसा निर्धारण भएको छ । हिजो कुवेती दिनार १ को खरिददर ४३५ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४३७ रुपैयाँ ३२ पैसा थियो ।
त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५५ रुपैयाँ २१ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३५५ रुपैयाँ १५ पैसा थियो ।