आज राति ६ घण्टा नेपाल टेलिकमको सिमकार्ड रिचार्ज नहुने, यस्तो छ कारण !

काठमाडौं – नेपाल टेलिकमको सिम कार्ड आज राति रिचार्ज नहुने भएको छ ।

विलिङ प्रणाली स्तरोन्नतिको परीक्षण कार्य हुने भएकाले मंगलबार राति ११ बजेदेखि बुधबार बिहान ६ बजेसम्म रिचार्ज र डाटा प्याकेज खरिदका सेवाहरु प्रभावित हुने नेपाल टेलिकमले जनाएको छ ।

राति सात घण्टा सेवा बन्द हुने भएकाले आज राति ११ बजेअघि नै रिचार्ज गर्न टेलिकमले आग्रह गरेको छ ।

तर मोबाइल भ्वाइस, डाटा, एसएमएस लगायतका सेवा भने बन्द नहुने टेलिकमको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...