टिकटक प्रतिबन्ध हटाउने निर्णय भए पनि खुल्न केही समय लाग्ने

काठमाडौं – सरकारले टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरे पनि खुल्न भने केही समय लाग्ने भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार सरकारले राखेका शर्तहरु पूरा गरी दर्ता भएपछि मात्र टिकटक खुल्नेछ । सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिकाको पालना र अरु चार शर्तसहित टिकटकमाथि लगाइएको प्रतिबन्ध खुला गर्ने निर्णय गरेको हो ।

ओली सरकारले टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा साक्षरताका लागि लगानी गरी नेपाली नागरिकको साक्षरता दर बढाउन मद्दत गर्नुपर्ने, सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनका लागि सहयोग गर्नुपर्ने र सामाजिक सञ्जालमा प्रयोग हुने भाषामा संवेदनशीलता अपनाउनुपर्ने सर्त राखेर खुला गरेको छ।

टिकटक खुला गर्ने सरकारको निर्णय सार्वजनिक भए लगत्तै माओवादीले भने सर्त कार्यान्वयन भन्दा स्वार्थ समूहको चलखेल भएको आशंका गरेको छ।

सरकारको निर्णय सार्वजनिक भए लगत्तै तत्कालीन सञ्चारमन्त्री रेखा शर्माका प्रेस सहयोगी नरेन्द्र केसीले लेखेका छन्, ‘सरकारले टिकटकमाथि प्रतिबन्ध हटाएको छ । हामीले सरकारमा छँदा टिकटक प्रतिनिधिसँग सघन छलफलपछि तल उल्लेखित सहमति हुनुपर्ने सर्त राखेका थियौं। टिकटकले यी सर्त मानेको हो या कुनै स्वार्थ समूहको चलखेल छ भन्ने विषय समयक्रमसँगै स्पष्ट हुनेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...