नेपालका समीप अर्यालले पत्ता लगाए फेसबुकको कमजोरी, एकाउन्ट एक क्लिकमै कब्जामा लिन सक्‍ने !

काठमाडौं – नेपाली युवक समीप अर्याललाई सामाजिक सञ्जाल मेटाले आफ्नो सुरक्षा कमजोरी पत्ता लगाउने साइबर सुरक्षा विज्ञको पहिलो नम्बरमा राखेको छ ।

इलोक्ट्रोनिक्स एण्ड इलोक्ट्रोकिल कम्युनिकेशन विषय लिएर काठमाडौं विश्वविद्यालयमा स्नातक तहमा पढ्दै गरेको समीप अर्याललाई शुक्रबार  मेटाले ह्वाइट ह्याट अर्थात हल अफ फेमको पहिलो स्थानमा राखेको हो ।

उनले लिंक पठाएर र लिंक नपठाइकन पनि जुनसुकै फेसबुक प्रयोगकर्ताको एकाउन्ट एक क्लिकमै कब्जामा लिन सक्‍ने कमजोरी पत्ता लगाएको अर्यालले बताएको छन् ।

फेकबुकको सुरक्षालाई थप बलियो बनाउन टु फ्याक्टर अथेन्टिकेस बाइपासमा ध्यान दिनुपर्ने उनको सुझाब छ । उनी भन्छन्, ‘फेसबुकमा टु फ्याक्टर अथेन्टिकेसन बाइपास कमजोरीले अरूको कब्जामा जान सक्छ । त्‍यसकारण हामीले यसबारे सचेत रहनुपर्छ ।’

यसअघि सन् २०२३ मा पनि अर्याल फेसबुकका सुरक्षा कमजोरी पत्ता लगाएर ह्वाइट ह्याटको शीर्ष २७ औं स्थानमा परेका थिए । उनले फेसबुकमात्रै नभएर विश्वका चर्चित सर्च इन्जिन गुगल, सामाजिक सञ्जाल इमो, ओटीटी प्लेटफार्म नेटफ्लिक्सका कमजोरी पत्ता लगाएर अवार्ड पाइसकेको बताए ।

यसरी कमजोरी पत्ता लगाइदिएबापत उनी फेसबुकले आयोजना गर्ने साइबर सुरक्षा रेक्युरिटी रिसर्चमा सहभागी भइसकेका छन् । फोटो : समिप आर्यालको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...