काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रमा उच्च गतिको इन्टरनेट र फोन सेवा प्रयोग गर्न पाइने भएको छ ।
यस्तो सेवा सबै यात्रुलाई निःशुल्क हुने गरी विमानस्थल भन्सार कार्यालय र नेपाल टेलिकमबीच आइतबार सम्झौता भएको छ । सम्झौताअनुसार भन्सार एरियामा उच्च गतिको इन्टरनेट र निःशुल्क फोन कल सुविधा उपलब्ध हुने छ ।