नेपालले ६ महिनामा बेच्यो एक अर्ब ७६ करोडको सिमेन्ट !

काठमाडौं – चालु आर्थिक वर्षमा निर्माण सामग्री सिमेन्ट र अर्ध-तयारी सिमेन्ट (क्लिंकर) को निर्यात उल्लेख्य बढेको छ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा एक अर्ब ७६ करोड ३३ लाखको सिमेन्ट र क्लिंकर निर्यात भएको छ।

गत वर्ष (१२ महिना) मा ७७ करोड ९३ लाख रूपैयाँको मात्रै सिमेन्ट र क्लिंकर निर्यात भएको थियो। यो वर्ष ६ महिनामै १२६ प्रतिशतले निर्यात बढीसकेको छ।

६ महिनामा नेपालबाट १६ लाख ७२ हजार ३६८ टन सिमेन्ट र क्लिंकर निर्यात भएको तथ्यांक छ । अहिले भारतीय बजारमा नेपालको सात वटा ब्रान्डको सिमेन्ट बिक्री भइरहेका छन् ।

अर्घाखाँची, पाल्पा र सर्वोत्तम सिमेन्टले भित्ते विज्ञापन समेत सुरू गरेका छन् । सिमेन्टको निर्यात गत वर्षबाट सुरू भएकोमा अहिलेसम्म दुई अर्ब ५३ करोडको निर्यात भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...