गर्भवती कुकुरका लागि ‘बेबी सावर’ को आयोजना (भिडियो सहित)

एजेन्सी – पछिल्लो समय गर्भमा बच्चा रहेको उत्सवको रुपमा ‘बेबी सावर’ कार्यक्रम गरी गर्भमा रहेको बच्चाको लिंगको समेत खुलास गर्ने चलन छ ।

के गाउँ, के सहर ‘बेबी सावर’ले पछिल्लो समय फेसनकै रुप लिन थालेको छ । तर अब यो आधुनिक संस्कार केवल मानवजातिमा

मात्र सीमित नरहने देखिएको छ । किनकि भारतको तमिलनाडुमा एउटा गर्भवती कुकुरका लागि समेत ‘बेबी सावर’को आयोजना गरिएको छ ।

तमिलनाडुको एक परिवारले आफ्नो घरमा पालेको कुकुर गर्भवती भएसँगै ‘बेबी सावर’को कार्यक्रम गराएको छ । बेबी सावर समारोहमा परिवारका सबै सदस्य उपस्थिति हुनुका साथै भोजको समेत आयोजना गरियो ।

सोसल मिडियामा सार्वजनिक भएको भिडियोमा गर्भवती कुकुरलाई टीका र मालाका साथै गाउन लगाइदिएर पूजा गरिएको छ ।

पूजापछि गर्भवती कुकुरलाई विभिन्न पाँच थरी भात खुवाइएको छ । डाबू नामक उक्त गर्भवती कुकुरको ‘बेबी सावर’ कार्यक्रममा परिवारका सदस्यहरू निकै खुसी मनाइरहेका देखिन्छन् ।

भिडियो हेर्न यहाँ थिच्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...