आफूलाई डाक्टर भन्दै १७ महिलासँग…….

काठमाडौं –

संसारमा विभिन्न बहानाबाजी गरेर अरूलाई झु’क्याउने र ठ’ग्नेको कमी छैन । अरूलाई ठ’ग्न चतुर मानिसको सूचीमा भारतका एक व्यक्तिसमेत थपिएका छन् ।

भारतको ओडिसामा कहिले आफूलाई डाक्टर त कहिले वरिष्ठ सरकारी अधिकारी भनेर १७ महिलासँग विवाह गरेका एक व्यक्ति पक्रा’उ परेका छन् ।

नक्कली डाक्टर र वरिष्ठ सरकारी अधिकारी भनेर १७ महिलालाई जा’लमा पारेर विवाह गरेका ६६ वर्षीय रमेश चन्द्र स्वाईंलाई भुवनेश्वर प्रहरीले सोमबार पक्रा’उ गरेको हो ।

पक्रा’उ पर्ने बेलामा स्वाईंले झुक्याएर १४ महिलासँग विहे गरी उनीहरूको पैसा ठ’गेको बताइएको थियो । तर उनको पासोमा परी विवाह गरेका महिलाको संख्या १७ रहेको एक प्रहरी अधिकारीले बताए ।

‘नक्कली डाक्टरसँग विहे गरेका थप तीनजना महिला फेला पारेका छौं’, भुवनेश्वर प्रहरीका डेपुटी कमिशनर उमाशंकर दासले बुधबार पत्रकारसँग कुरा गर्दै भने ।

स्वाईंको जालमा अन्य महिलासमेत परेको हुन सक्ने पनि दासको भनाइ थियो । उनका अनुसार प्रहरीले स्वाईंलाई कैयौं दिनदेखि खोजी गरिरहेको थियो ।

तर मोबाइल नम्बर बदलेका कारण सोमबार मात्रै उनी पक्रा’उ परेका हुन् । प्रहरीले स्वाईंमाथि आठ राज्‍यका १७ महिलालाई नक्कली डाक्टर भन्दै जालमा पारी विवाह गरेको र पैसा ठगेको आ’रोप लगाएको छ ।

उनको पासोमा परी विवाह गर्ने महिलामा ४ जना ओडिसाका छन् भने असम र दिल्लीका ३-३ जना छन् । त्यस्तै, मध्य प्रदेश र पञ्जाबका २-२ जना, उत्तर प्रदेश, झारखण्ड र छत्तीसगढका १-१ जना महिला रहेको प्रहरीको भनाइ छ ।

अधबैंशे, शिक्षित एवं सम्पन्न महिलासँग स्वाईंले आफू डाक्टर भन्दै झुक्याएर विवाह गरेको भारतीय समाचार माध्यमले जनाएका छन् ।

उनले ३८ वर्षदेखि आफूलाई ‘डा. बिभु प्रकाश स्वाई’ र ‘डा.रामानी रञ्जन स्वाईं’ जस्ता विभिन्न परिचय बोकेर महिलालाई फसाउने गरेका थिए ।

ओडिसाको केन्द्रपारा जिल्लाका स्वाईंले १९८२ मा पहिलो विवाह गरेका थिए । २०२० मा उनको अन्तिम विवाह भएको थियो । उनको जालमा परी

विवाह गर्नेमा छत्तीसगढकी एक चार्टर्ड अकाउन्टेन्ट, आसामकी एक फिजिसियनसमेत छन् । दिल्लीको एक विद्यालयमा पढाउने महिला उनको अन्तिम शि’कार बनेकी थिइन् ।

स्वाईंले आफ्नो वैवाहिक अवस्था लुकाएर म्याट्रिमोनियन वेबसाइटमा महिलालाई साथी बनाउने अनि जालमा पारी विवाह गर्दै आएका थिए ।

प्रहरीका अनुसार बेरोजगार युवालाई ठ’गेको भन्दै २०१० मा र नक्कली कागजात देखाएर ऋण निकालेको आ’रोपमा २००६ मा समेत उनी प’क्राउ परेका थिए ।

तर, स्वाईंले कुनै महिलालाई नफसाएको र आफू सक्कली डाक्टर रहेको भन्दै आ’रोप अस्वीकार गरेका छन् । ‘यी सबै महिलासँग मैले विवाह गरेको छैन र म सक्कली डाक्टर नै हुँ’, अदालत लैजाने क्रममा उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...