एजेन्सि –
के तपाईले कसैको मृ त्यु बारे भविष्यबाणी गर्नु भएको छ ? सर्वसाधारणका लागि निश्चिय पनि यो जटिल कार्य हो । तर, वैज्ञानिकहरुले भने मानिसको आँखा हेरेर उसको मृ त्यु को भविष्यवाणी गर्न सकिने बताएका छन्।
अस्ट्रेलियाका अनुसन्धानकर्ताहरुले एउटा नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कार्यक्रम बनाउन सफल गरेका छन्, जसका माध्यमबाट मानिसहरुको रेटिना हेरेर आयु भविष्यवाणी गर्न सकिन्छ।
यस्ताे भविष्यवाणी रेटिनाको अध्ययनमा आधारित छ । यो अध्ययन कुनै पनि व्यक्तिको स्वास्थ्यबारे गहिरो अध्ययन गर्न चिकित्सकलाई ‘झ्याल’ को काम गर्ने दाबी गरिएको छ।
१९ हजार जनाको नेत्र कोषको अध्ययनपछि एआईले रेटिनाको आयु (रेटिन एज) भविष्यवाणी गर्न सफल भएको मेलबर्ननको सेन्टर फर आई रिसर्चले दाबी गरेको छ।
‘मृ त्यु को बढ्दो जो खि म सँग सम्बन्धित स्नायु रो ग र भास्कुलर प्रणालीको रो ग विज्ञान प्रक्रियाको अध्ययन गर्न रेटिनाको अध्ययनले अद्दितीय पहुँच प्रदान गरेको छ,’ अध्ययनका लेखक तथा युनिभर्सिटी अफ मेलबर्न एन्ड सेन्टर फर आई रिसर्चका प्राध्यापक डा. मिङगुाअङले भने।
अध्ययनमा युके बायोबैंकमा सहभागी ४० देखि ६९ वर्ष उमेर समूहका एक लाख ३० हजार मानिसहरुको रेटिनाको नमुना अध्ययन गरिएको थियो ।
यो पनि : को रो ना भा इ र स का कारण लकडाउन भएर स्कुल बन्द भएपछि ठूलो संख्यामा स्कुले बालिकाहरु ग र्भ व ती भएका घटनाहरु बढेका छन् ।
अफ्रिकी देश जिम्बाब्बेमा को रो ना भा इ र स को म हा मा री फैलिएपछि ६ महिनासम्म गरिएको लकडाउनमा धेरै स्कुले बालिकाहरु गर्भवती भएको पाइएको हो ।
जिम्बाब्बेको ग्रामीण क्षेत्रमा बस्ने १३ वर्षकी भर्जिनिया मावुंगा ३ महिनाका छोरा तवनन्याशाकी आमा हुन् । उनको पूरै दिन कुवाबाट पानी ल्याउने, सडकछेउमा फलफुल र तरकारी बेच्ने, खाना बनाउने,
सरसफाइ गर्ने, कपडा धुने काममा बित्छ । आफ्ना यी कामका बीच भर्जिनिया आफ्ना ४ जना भाइबहिनीलाई स्कुलको लागि तयार पार्छिन् र उनीहरु फर्किएपछि उनहिरुलाई होम वर्क गर्न सनि सहयोग गर्छिन् ।
आफ्ना भाइबहिनीलाई स्कुलको काममा सघाउँदा भर्जिनियालाई सबैभन्दा धेरै पीर पर्छ किनकि अहिले उनी केवल १३ वर्षकी छिन् । यो उमेरमा उनी स्कुलमा हुनुपर्ने थियो ।
भर्जिनिया भन्छिन् ‘अब यही मेरो पूरै जिन्दगी हो ।’ को भि ड म हा मा री को क्रममा जिम्बाब्बे र अन्य दक्षिणी अफ्रिकी देशमा कम उमेरका किशोरीहरुले गर्भधारण गर्ने क्रममा उच्च वृद्धि देखिएको छ ।
भर्जिनिया उनै किशोरीमध्ये एक हुन् । जिम्बाब्बे लामो समयदेखि कम उमेरका किशोरी गर्भवती हुने र बाल विवाहको स म स्या सँग जुधिरहेको छ ।
रिपोर्टअनुसार को भि ड १९ म हा मा री सुरु हुनुभन्दा पहिले पनि यहाँ हरेक ३ मध्ये एक किशोरीको विवाह १८ वर्ष नपुग्दै गरिन्थ्यो । किशोरीहरु गर्भवती हुने, बाल विवाहका विषयमा कडा कानुन नहुनु, गरिबी, सांस्कृतिक र धार्मिक प्रथा जस्ता कैयौं कारणले यस्तो हुने गरेको छ ।
को भि ड म हा मा री ले यो स्थितिलाई झनै ख रा ब बनाइदिएको छ । डेढ करोड जनसंख्या भएको यो देशमा मार्च २०२० मा कडा लकडाउन लगाइयो र बीचबीचमा छुट दिइयो । लकडाउनका कारण किशोरीहरुमा निकै ख रा ब असर पर्यो ।
उनीहरुलाई गर्भ निरोधक र अस्पतालको सुविधा दिइएन । कार्यकर्ता र अधिकारीहरुका अनुसार यीमध्ये कैयौं किशोरीहरु यौ न शो ष ण को शिकार भए वा उनीहरुले विवाह र गर्भावस्थालाई गरिबीबाट बाहिर निस्किने एक तरिका माने ।
देशमा कम उोरका किशोरीहरु गर्भवती हुने क्रम बढेपछि जिम्बाब्बेको सरकारले अगष्ट २०२० मा आफ्नो कानुन संशोधन गरेर गर्भवती किशोरीलाई पनि स्कुल जान अनुमति दियो । कार्यकर्ता र अधिकारीहरुले यसको प्रशंशा गरे र यसलाई आशाको रुपमा हेरे ।
तर, यो नीति पूर्ण रुपमा असफल रह्यो । गर्भवती किशोरीहरु कानुन संशोधनपछि पनि स्कुल फर्किएका छैनन् । पैसाको कमी, सामाजिक प्र था, कक्षामा सताइने जस्ता कारणले उनीहरु फेरि स्कुल जान सकिरहेका छैनन् ।
कानुन संशोधनपछि गर्भवती भर्जिनियाले पनि फेरि स्कुल जाने कोसिस गरेकी थिइन् । अधिकारीहरुले उनी र उनका मातापितालाई प्रोत्साहित पनि गरेका थिए तर त्यसपछि आसपासका मानिसहरुले भर्जिनियाको मजाक उडाउन थाले ।
पर्पल युनिफर्ममा आफ्नो एक तस्वीर देखाउँदै भर्जिनियाले समाचार एजेन्सी एपीसँग भनिन् ‘मानिसहरु ममाथि हाँस्थे । केही मानिसहरुले मतिर देखाएर मजाकमा सोध्थे – तिम्रो पेटलाई के भयो ?’
भर्जिनियाले यो सब भएपछि स्कुल फर्किने सपना छाडिन् र आफ्नो युनिफर्मलाई २ डलरमा बेचिदिइन् ताकि यो पैसाले बच्चाको कपडा र अरु सामान किन्न सकियोस् ।
भर्जिनियाका अनुसार उनलाई जसले गर्भवती बनाएका थिए उनले आफूसँग बिहे गर्छन् भन्ने आशा थियो । ती व्यक्तिले भर्जिनियासँग बिहेको बाचा पनि गरेका थिए । तर पछि उनले धो का दिए र बच्चाको पालनपोषण गर्न अस्वीकार गरे ।
जिम्बाब्बेका यौ न सम्बन्धको लागि सहमति दिने न्यूनतम उमेर १६ वर्ष हो । यसका बावजुद भर्जिनियाका मातापिताले ती व्यक्ति वि रु द्ध ब ला त्का र को मु द्दा धेरै अगाडि बढाएनन् ।
जिम्बाब्बेमा १६ वर्षभन्दा कम उमेरका किशोरीसँग शारीरिक सम्बन्ध राख्ने वा कुनै किसिमको यौ न जन्य गतिविधि गरेमा जरिवाना वा १० वर्षसम्म जेल स जा य हुन सक्छ । तर, धेरैजसो घटनामा कुनै मु द्दा दर्ता गरिँदैन ।
पुलिसका प्रवक्ता पल न्याथीका अनुसार परिवार र अधिकारीहरुले लामो समयदेखि यस्ता घटना लुकाउँदै आएका छन् । नाबालिकलाई नै विवाहको लागि बा ध्य पारिन्छ । परिवारले प्रायः दो षी सँग सम्झौताको प्रयास गर्छन् ।
दो षी माथि किशोरीसँग विवाह गर्ने वा पीडितको परिवारलाई चौपाया वा पैसा दिने दबाब दिइन्छ । त्यसपछि उनीहरु पुलिसलाई रिपोर्ट नगर्ने कुरामा सहमत हुन्छन् ।
अन्तिममा पी डि त का परिवार नै उनको शो ष ण मा सहभागी बन्छन् । जिम्बाब्बे सरकारसँग कति गर्भवती किशोरीले स्कुल छोडे भन्ने तथ्यांक छैन तर यस्ता घटनामा तीब्र रुपमा वृद्धि भइरहेको छ । कैयौं किशोरीहरु नबताइ स्कुल छोड्छन् त्यसैले सही तथ्यांक पाउनु सरकारका लागि पनि कठिन छ ।
























