आफ्नो वी र्य चो री भएको भन्दै महिला वि रु द्ध मु द्दा

काठमाडौं –

एक व्यवसायीले आफ्नो वी र्य चोरी भएको आ रो प लगाएका छन् । एक महिला उनी वि रु द्ध अदालत गएर आफूले ती व्यवसायीका २ जुम्ल्याहा सन्तान जन्माएको

दावी गरेपछि व्यवसायीले आफ्नो वी र्य चोरी भएको आ रो प लगाएका हुन् । खासमा यो सबै वि वा द को सुरुवात एउटा सम्झौताबाट भएको थियो । यो सम्झौता टर्कीकी एक महिला र यी व्यवसायीबीच भएको थियो ।

यो सम्झौता अनुसार सेवाताप सेनसरी नामकी महिला र यी व्यवसायी (जसलाई काल्पनिक नाम एचएसटी दिइएको छ) उनीहरुले एउटा छोरा जन्माउने र त्यसपछि बिहे गर्न सहमत भएका थिए ।

सन् २००० मा ४५ वर्षकी सेनसारीलाई सम्बन्ध वि च्छे द गरेर बसेका व्यवसायी एचएसटीसँग प्रेम भएको थियो । त्यसपछि उनीहरु सम्बन्धमा आएका थिए ।

डेलीस्टारको एक रिपोर्टअनुसार एचएसटीको व्यवसाय अगाडि बढाउनको लागि कुनै छोरा थिएनन् र उनी छोरा चाहन्थे । त्यसपछि उनीहरुले छोरा नै जन्मिने ग्यारेन्टीको लागि इन भिट्रो फर्टिलाइजेसन गराउने निर्णय गरे ।

एचएसटीले महिलासँग छोरा जन्मिएपछि बिहे गर्ने बाचा गरेका थिए । उनले बच्चालाई आफ्नो नाम दिने र उनीहरुको आर्थिक रुपले समर्थन गर्ने भनेका थिए ।

२०१५ मा सेनसारी बच्चा जन्माउन इन भिट्रो फर्टिलाइजेसनका लागि एचएसटीको वीर्य लिएर साइप्रस गइन् । टर्कीको चिकित्सा प्रणालीमा अविवाहित जोडीले इन भिट्रो फर्टिलाइजेसन

सेवा नपाउने भएकोले उनी साइप्रस गएकी थिइन् । यसको लागि २ पुरुष भ्रुण रोजियो र सेनसारीको गर्भमा प्रत्यारोपण गरियो । ९ महिनापछि उनले जुम्ल्याहा बच्चा जन्माइन् ।

बच्चा जन्माइसकेपछि सेनसारीले एचएसटीसँग सम्झौताअनुसार आफूले पूरा गर्नुपर्ने शर्तहरु पूरा गर्न भनिन् तर एचएसटीले अस्वीकार गरे । यतिमात्र होइन उनले आमा र बच्चाहरुमाथि घरेलु दु र्व्य व हा र पनि गरे ।

त्यसपछि सेनसारीले यो विवादलाई अदालतमा लिएर गइन् र एचएसटीलाई आफ्नो बच्चाको पिताको रुपमा पहिचान दिन र ५ लाख टर्किस लिरा (करिब ४४ लाख रुपैयाँ) क्षतिपूर्ति माग गरिन् ।

एचएसटीले अदालतमा आफ्नो डिएनए नमूना दिन अस्वीकार गरे र पारिवारिक अदालतलाई आफ्नो वी र्य चोरी भएको बताए । मामिलाको सुनुवाइको क्रममा एक

अदालतले सेनसारीले एचएसटीको वी र्य पाइन् भन्नुको अर्थ एचएसटीले स्वेच्छाले दिएको हुनुपर्ने ठहर गरेको छ । अदालतमा यस विषयमा सुनुवाइ जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...