मानव आकृति भएको बाख्राको पाठो हेर्न मानिसको भीड !

काठमाडौं –

भारतको आसाम धौलाई विधानसभाको गंगा नगर गाउँमा एउटा बाख्राले अनौठो पाठोलाई जन्म दिएको छ ।

यही २७ डिसेम्बरमा बाख्रोले मान्छेको जस्तै अनुहार देखिने पाठो जन्माएको हो । विभिन्न भारतीय संचार माध्यमका अनुसार यो घटना २८ डिसेम्बरमा मात्रै बाहिर आएको हो ।

यस्तो पाठो जन्मेको खबर सुन्ने बित्तिकै त्यसलाई हेर्न मानिसहरुको भीड लागेको थियो । तर पाठो भने जन्मेको आधा घण्टामै मरेको थियो ।

पाठोको दुईओटा खुट्टा र कान बाहेक बाँकी शरीर मानिसको बच्चा जस्तै थियो । यो खबर सुन्ने वित्तिकै गाउँमा पाठो हेर्न मान्छेको भिड लागेको थियो ।

पाठो मरेपनि यो घटना भारतमा चर्र्चाको बिषय बनेको छ । यस अघि गत जुलाईमा पश्चिम बंगालको परगान जिल्लाको सरस्वती मण्डलमा एउटा बाख्राले दुईवटा पाठोलाई जन्म दिएको थियो ।

जसमा एउटा सामान्य थियो भने अर्को पाठोको आठवटा खुट्टा रहेको थियो । सन् २०२० नोबेम्बरमा उत्तर प्रदेशको कानपुर शहरमा एउटा बाख्राले बादरको बच्चा जस्तो देखिने पाठोलाई जन्म दिएको थियो ।

यो घटना पछि त्यहाँका मान्छेहरुले भगवानको अवतार मानेर पुजा समेत गरेका थिए । तर त्यो पाठो मरिसकेको छ ।

पशु चिकित्सकहरुका अनुसार जनावरका यस्ता अनौठो बच्चा जन्मिनु जनाबरको वंशानुगत विकृति र जीनमा भएको परिवर्तन नै मुख्य कारण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...