चालकविहीन ट्याक्सी सञ्चालनको अनुमति, यो ट्याक्सीबाट पाउनेछन् यति धेरै सेवा सुविधा !

काठमाण्डाै –

चीनको बेइजिङमा स्वचालित ट्याक्सी चलाउन अनुमति दिइएको छ ।

बेइजिङको दक्षिणपूर्वी भेग यीझुआङको ६० वर्ग किलोमिटर क्षेत्रमा रोबो ट्याक्सी भनिने चालकविहीन कार चलाउन सरकारी अनुमति प्राप्त भएको बीबीसीले जनाएको छ ।

अहिलेलाई परीक्षणका रूपमा अनुमति दिइएको र सफल भएमा यस्ता ट्याक्सीको सङ्ख्या बढाउने बेइजिङका सरकारी अधिकारीहरूले बताएका छन् ।

एक सय वटा कार सडकमा गुड्न थालेका र अहिले सात सयभन्दा बढी ठाउँबाट यात्रुले सेवा पाउने बीबीसीले जनाएको छ । एउटा कारले एक पटकमा दुई जनासम्म यात्रु बोक्न सक्छ ।

कारको मनिटरमा जडान गरिएका विशेष उपकरण र सेन्सरहरूले वरिपरिकाे वातारण, अरू सवारीसाधन र पैदलयात्रु बारेमा थाहा पाउनेछन् ।

परीक्षणकाल भरका लागि ट्याक्सी अनुगमनका लागि एक जना सुपरभाइजर राख्ने र पछि पूर्णरूपमा चालकविहीन हुने बीबीसीले जनाएको छ । कतिपयले सडकको जटिल अवस्थाका कारण सुरक्षा चुनौती हुने बताएका छन् ।

यो पनि : सर्लाहीको बागमती नदीछेउमै बनेको कृत्रिम पोखरीले पछिल्लो सयम निकै नै चर्चा बटुलिरहेको छ । सामाजिक सञ्जालदेखि सर्वसाधारणमाझ यसको चर्चाले पोखरीमा उठेको छालले जस्तै तरंग पैदा गरेको छ ।

चर्चासँगै पोखरीलाई पृष्ठभूमिमा पारेर तस्बिर खिचाउनेको भिड लाग्न थालेको छ । हावाको वेगसँगै छल्किरहने पोखरीको पानी, नजिकै देखिने चुरे शृंखलाको दृश्य, पोखरीको एकातिरबाट बगिरहेको बागमतीको आवाजले सबैलाई मोहित पारिरहेको छ ।

१२१ बिघा क्षेत्रफलमा फैलिएको यो पोखरी पुग्न पूर्व–पश्चिम लोकमार्गबाट दुईवटा बाटा छन् । पूर्वबाट आउँदा बागमती पुलदेखि एक किलोमिटर वरैबाट क्षेत्रीय बाटो प्रयोग गर्न सकिन्छ भने पश्चिमबाट आउँदा बागमती पुल काट्नेबित्तिकै बागमती किनारैकिनार तीन किलोमिटर दक्षिण गएपछि पुगिन्छ ।

पोखरी दुई भागमा छुट्टिने गरी बीचमा होटेल बनिरहेको छ । झट्ट हेर्दा काठमाडौंको रानीपोखरीको झल्को दिने पर्यटकहरूको भनाइ छ । पोखरीमा सञ्चालन भएका मोटरबोट र मिनी क्रुजले भ्रमणलाई झनै आनन्दित बनाएको पोखरी हेर्न आएका राजन खड्काले बताए ।

तालको चारैतिर फलामे रेलिङ लगाइएको छ भने भर्खरै लगाइएका बोटबिरुवाले पोखरी थप सुन्दर बनेको छ । अहिले नै यो पोखरी हेर्न छिमेकी मुुलुक भारतबाट समेत पर्यटक आउन थालेका छन् । शनिबार तथा सार्वजनिक बिदाको दिन यहाँ थप घुइँचो हुने गरेको छ ।

नवविवाहिता जोडी, पारिवारिक जमघट गर्नेहरूसमेत आउन थालेको पोखरीमा मोटरबोट सञ्चालन गर्ने बागमती इन्टरटेनमेन्ट प्रालिका सञ्चालक गौतम खड्काले बताए । यहाँ रहेका राइनोज, फिस्टेल जेटबोट, मोटर बोट, मिनी क्रुज शयर प्रमुख आकर्षण बन्ने गरेका छन् ।

मेयरले पोखरी दिए, जनताले नाम राखिदिए

अ‍ैपचारिक नामकरण नभए पनि भरत तालको नामले पोखरी चर्चित बनेको छ । नगरले पोखरीलाई बागमती माछा पोखरी बनाउने योजना तयार पारेको थियो । तर, स्थानीयले भरत ताल नामकरण गरिदिए । पोखरीआसपासका होटेल, व्यवसायदेखि सवारीसाधनमा समेत भरत ताल लेखिएका छन् ।

पोखरी एक, विशेषता अनेक

पोखरीका परिकल्पनाकार एवं बागमती नगरका मेयर भरतकुमार थापाले नगरको समग्र विकासको प्रयासस्वरूप पोखरी तयार भएको जानकारी दिए ।

देख्दा एउटा पोखरी मात्रै भए पनि यसको महत्व र विशेषता अनेक रहेको उनको भनाइ छ । पोखरी बनेसँगै आसपासमा सिँचाइ सुविधा पुगेकाले पर्यावरण संरक्षणमा ठूलो भूमिका खेल्ने उनले बताए ।

यस्तै, स्थानीयस्तरमा हुने रोजगारी, व्यवसाय विस्तारले पनि यो भेगका सर्वसाधारणको जनजीवन उकास्छ । स्थानीय, संघीय र प्रदेश सरकारको बजेटमा निर्माण भइरहेको पोखरीमा हालसम्म ६५ करोड लागत भइसकेको नगरपालिकाको छ ।

पोखरीआसपासमा ३० वटा पिकनिक स्पट, पचासको हाराहारीमा चौतारा एवं प्रतीक्षालय निर्माण हुनेछन् । पोखरीको दक्षिणतर्फ फिल्म स्टुडियो बनाउन चलचित्र विकास बोर्डबाट प्रस्ताव आएको नगर कार्यालयले जनाएको छ ।

पोखरीका कारण पाँच किलोमिटरकोे दूरीमा रहेको रौतहटको नुनथर क्षेत्र र सर्लाहीको बागमती–११ मा पर्ने हरिहर क्षेत्रमा घुम्ने पर्यटकसमेत बढ्दै गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...