मध्य प्रदेश –
आफ्नी पत्नी एवम् रानी मुम्ताजको यादमा ऐतिहासिक ताजमहल निर्माण गर्ने मुगल बादशाह शाहजहां अटुट प्रेमको प्रतीकको रुपमा चिनिन्छन् ।
आग्रास्थित १७ औं शताब्दीमा बनेको ताजमहल विश्वमाझ नै प्रेमको प्रतीक बनेर उभिएको छ । विश्व सम्पदा सुचीमा सुचीकृत सो ताजमहल हेर्न विश्वका विभिन्न ठाउँबाट पर्यटक आउने गर्छन् ।
सो ताजमहल भारतको सबैभन्दा ठूलो पर्यटकीय गन्तव्यको रुपमा चिनिन्छ । यस्तै मध्य प्रदेशका एक व्यक्तिले आफ्नी पत्नीको लागि दोस्रो ताजमहल निर्माण गरेका छन् ।
५२ वर्षीय आनन्द प्रकाश चौस्कीले मध्य प्रदेशस्थित बुर्हानपुर शहरमा आफ्नी पत्नी मन्जुशाको लागि उपहार स्वरुप ताजमहलको उपमा निर्माण गरेका हुन् ।
‘दोस्रो ताजमहल मैले मेरी श्रीमतीको लागि उपहार स्वरुप निर्माण गरेको हुँ । श्रीमतीसँगै यो शहर र यहाँका मानिसको लागि उपहार हुनेछ’, आनन्दले बीबीसीसँग भनेका छन् ।
उनले निर्माण गरेको ताजमहल करिब २ लाख ६० हजार अमेरिकी डलरमा निर्माण भएको हो । करिब ५० रोपनी क्षेत्रफलमा बनेको ताजमहल भित्र आनन्दले अस्पताल समेत निर्माण गरेका छन् ।
उनले निर्माण गरेको ताजमहलमा नवविवाहितले तस्बिर खिचाउने गर्छन् । ऐतिहासिक ताजमहलकै स्वरुपमा निर्माण गरिएको नयाँ ताजमहल भित्र भने आनन्द दम्पती बसोबास गर्दै आएका छन् ।
सोही कारण उनी सबैखाले पर्यटकलाई सो भवनभित्र प्रवेश अनुमती भने दिंदैनन् । ऐतिहासिक ताजमहल मुस्लिम आर्किटेक्चरमा आधारित डिजाइन भएकोले आफूले नयाँ ताजमहलमा आधुनिक डिजाइन थपेको आनन्दले बताए ।
‘मेरो घर ऐतिहासिक ताजहमलबाट प्रेरित छ। यद्यपि, मैले आधुनिक डिजाइनसमेत थपेर निर्माण गरेको हुँ’, उनले भने।

यो पनि : तपाईंको सामान्य ज्ञान कति छ ? यदि तपाईं सामान्य ज्ञानमा अब्बल हुनुहुन्छ भने रिक्सामा यात्रा गर्दा भाडा तिर्नु पर्दैन । सुन्दा निकै रमाइलो लाग्दो यो समाचार नेपालको भने होइन ।
छिमेकी मुलकु भारतको पश्चिम बंगालस्थित हावडाको लिलुवामा एकजना रिक्सा चालकले यात्रुको सामान्य सामान्य ज्ञानको परीक्षा लिने गरेका छन् ।
आफूले सोधेका सामान्य ज्ञानको सही जवाफ दिने यात्रुसँग उनले भाडा लिँदैनन् । फेसबुकमा एक प्रयोगकर्ताले सुरन्जन कर्मकार नामका ती ई-रिक्सा चालकसँगको आफ्नो अनुभव शेयर गरेका छन् ।
स्थानीय भाषामा टोटो भनिने ई-रिक्सामा पत्नीसँगै यात्रा गर्दा चालकले सामान्य ज्ञानको परीक्षा लिएको अनुभव कर्मकारले विस्तृतमा शेयर गरेका छन् ।
ती रिक्सा चालकले यात्रुलाई सुरुमै एउटा अफर दिँदा रहेछन् । यदि आफूले सोधेका १५ वटा सामान्य ज्ञानका प्रश्नको सही जवाफ दिएमा रिक्सायात्राको भाडा तिर्नु नपर्ने उनको अफर हुन्छ ।
उनले भारतको इतिहास, साहित्या देखि लिएर विश्व इतिहास तथा विज्ञानलगायतका हरेक क्षेत्रबाट प्रश्न सोध्ने गर्दछन् । आर्थिक समस्याका कारण ६ कक्षाबाटै स्कुल छाडेका कर्मकारलाई सामान्य ज्ञानमा निकै रुचि छ ।
उनी रातको २ बजेसम्म सामान्य ज्ञानका किताब पढ्दछन् र स्थानीय बुक फेयर फाउन्डेसनका सदस्य पनि हुन् ।
उनले अल्बर्ट आइन्स्टाइनदेखि स्टेफन हकिंग्सलगायतका विश्वका सबै चर्चित व्यक्तिको जन्मदिन मनाउँदछन् र आफ्नो रिक्सामा विश्व चर्चित व्यक्तिहरुका तस्वीर पनि टाँसेका छन् ।
























