भद्रपुर –
गर्न खोज्नेलाई केही कुराले छेक्दैन भन्ने ज्वलन्त उदाहरण स्वरुप शिवसत्ताक्षी नगरपालिका वडा नं ५ निवासी अशिका राजवंशीले देखाएकी छन् ।
घरको आर्थिक अवस्था निकै कमजोर भएकी तर उमेरले १२ वर्ष नकाटेकी शिवगञ्ज जनआदर्श माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालीका अशिका राजवंशीले हिम्मत गरेर एक्लै नदीबाट बालुवा ल्याएर घरमा शौचालय बनाएकी पछि हेर्ने सवै चकित परेका छन् ।
शिवसत्ताक्षी नगरपालिकामा खुल्ला दिसामुक्त अभियान थालनी भएपछि अशिकालाई चर्पी बनाउने चिन्ताले पिरोलेको थियो ।
अशिकाले गाउँमा चर्पी बनेको देखेर चर्पी बनाउने अठोट गरी चर्पी बनाउनका लागि उनी आफैँले नदीबाट बालुवा बोकेर ल्याएपछि अभियानकर्ताले खाल्डो खनी रिङ बनाउन लगाएर चर्पी बनाएका थिए।
“चर्पी बनाउनका लागि सम्झाउन आउने दाइ दिदीहरुलाई नै खाडल खन्न लगाएँ”, उनले भनिन्, “मैले खोलाबाट बालुवा बोकेर ल्याएँ, अभियानकर्ता दुर्गा र गणेश दाइले रिङ राख्ने खाडल बनाइदिनुभयो, समुदायको सहयोगमा गरेर चर्पी बन्यो।”
अशिकासहित अहिले पाँचगाछीका सबै घरमा चर्पी बनेको छ। चर्पीको प्रयोग अनिवार्य गराउन अभियानकर्ताले साँझ बिहान खुल्ला ठाउँमा दिसा हुने स्थानमा गस्ती गरिरहेका छन्।
यो पनि पढनुुहोस : गाईको गोबरको प्रयोगका बारेमा त हामीलाई थाहै होला । गोबरलाई मलखादको रुपमा तथा बायोग्याँस उत्पादनमा पनि प्रयोग गरिन्छ ।
हिन्दु धर्मशास्त्रमा त गाईको गहुँत र गोबरलाई पवित्र मानेर लिपपोतमा प्रयोग देखि पञ्चगव्यमा सेवन समेत गरिन्छ । हालै एकजना भारतीय डाक्टरले विभिन्न रो ग निको पार्ने भन्दै गाईको गोबर खाएको समाचार सार्वजनिक भएको थियो ।
सबैका अलावा गाईको गोबरलाई अर्को निकै महत्वपूर्ण कार्यमा उपयोग गर्न सकिने पुष्टि भएको छ । हो, बेलायतका किसानहरूले गाईको गोबरबाट बिजुली उत्पादन गरेका छन् ।
किसानहरूको एक समूहले गाईको गोबरबाट यस्तो पाउडर तयार पारेका छन्, जसबाट ब्याट्री उत्पादन गरिएको छ ।
उनीहरुले एक किलोग्राम गोबरबाट यतिधेरै बिजुली उत्पादन गर्न सफल भएका छन् जसले लगातार पाँच घण्टासम्म भ्याकुम क्लिनर चलाउन सकिन्छ ।
बेलायतको आर्ला डेरीले यो चमत्कार गरेको हो । किसानको स्वामित्वको उक्त डेरीले गोबरको पाउडर बनाएर त्यसको ब्याट्री तयार गरेको हो । त्यो ब्याट्रीलाई काउ प्याट्री नाम राखिएको छ ।
AA आकारको गोबरको ब्याट्रीबाट साढे तीन घण्टासम्म लगातार कपडामा आइरन लगाउन पुग्दछ । ब्याट्री उत्पादक कम्पनी GP Batteries को दाबी अनुसार एउटा गाईको गोबरबाट वर्षभरीलाई ३ घरमा पर्याप्त बिजुली पुग्दछ ।
यस हिसाबले ४ लाख ६० हजार गाईको गोबरबाट १२ लाख घरमा बिजुली आपूर्ति ग्र्न सकिन्छ । अर्ला डेरीमा अधिकांस कार्यका लागि गोबरबाट उत्पादित बिजुलीको प्रयोग गर्न थालिएको छ ।
त्यस्तै बिजुली उत्पादन बाहेको फोहोरलाई मलखादको रुपमा प्रयोग गरिन्छ । रिपोर्ट अनुसार उक्त डेरीको स्वामित्वमा करीब ४ लाख ६० हजार गाई छन् । जसको गोबरलाई सुकाएर पाउडर तयार गरिन्छ र त्यसबाट ऊर्जा उत्पादन गरिन्छ ।
























