बल्ल खुल्यो सानै उमेरमा विवाह गरेका मोदीले आफ्नी श्रीमती लु’का’उ’नुको र’ह’स्य, सबै चकित

एजेन्सी –

दोश्रो पटक भारतको प्रधानमन्त्रीमा चुनिएर विश्वकै शक्तिशाली नेताहरुमा टपटेनभित्र पर्न सफल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहिलेसम्म ५७ वटा भन्दा धेरै देशको भ्रमण गरिसकेका छन्।

भारतका कुनाकुनासम्म, उसका छिमेकीहरु तथा विश्वका शक्ति राष्ट्रहरुको राजनीतिक वृत्तमा समेत मोदीको नाम नसुन्ने सायदै कम होलान् ।

मोदी जवाहरलाल नेहरू, इन्दिरा गान्धी र मनमोहन सिंहपछि भारतीय इतिहासमा चौथो सबैभन्दा लामो अवधि सेवा गर्ने प्रधानमन्त्री हुन् ।

नरेन्द्र मोदीले सन् २०१४ को मे २६ मा भारतीय १४ औँ प्रधानमन्त्रीका रूपमा आफ्नो पहिलो कार्यकाल सुरू गरेका थिए। उनको दोस्रो कार्यकाल ३० मे २०१९ मा सुरू भएको हो।

सबैले साधु सन्त नाम दिएका मोदी आफु पनि अहिले अप्रत्यक्षरुपमा अविवाहित भएको कुरा गर्ने गर्दछन्। तर धेरैलाइ थाहा नहुन सक्छ उनको विवाह भएको छ भन्ने कुरा।

मोदी विवाहित भए पनि उनले सन् २००२, २००७ र २०१२ को गुजरात विधानसभा निर्वाचनको नामांकन फारममा वैवाहिक स्थिति खुलाएका थिएनन्।

तर सन् २०१४ को लोकसभा निर्वाचनमा पहिलो पटक मोदीले औपचारिक रुपले बिबाह गरेको कबूल गरेका थिए। उनले नामांकन फारममा जोसदाबेनसंगै विवाह गरेको बताएका थिए।

त्यसपछि मोदीका भाइ सोमाभाइ दामोदरदास मोदीले एक बयानमा नरेन्द्र मोदीको विवाह भएको तर विवाहको केही दिनमै जसोदाबेन र मोदी अलग भएको बताएका थिए।

सोमाभाइले भनेका थिए, ‘हामी सामाजिक र आर्थिक रुपले पिछडिएको जातिसंग सम्बद्ध छौं, हाम्रो समाजमा बा’ल वि’वा’हको प्रथा प्रचलित थियो, १७ वर्षको उमेरमा मोदीको जसोदाबेनसंग विवाह भएको थियो र केही दिनमै उनीहरु अलग्गिएका थिए, तर दुवैले अहिलेसम्म पारपाचुके भने गरेका छैनन्।’

तर उनीहरु लगभग ५० वर्षबाट अलग रहेका छन्। उनकी पत्नी भने यो कुरालाई स्वीकार गरेकी छिन्। उनले भनेकी छिनकी मोदीका सबै कुराहरु खोजि गरेर पढ्छु र टिभिमा हेर्ने गर्छु।

उनकी पत्नी जोसदाबेन एक शिक्षिका हुन्। सानै उमेरमा विवाह अनि संगै नबसेका कारण नै मोदीले आफ्नो श्रीमती भएको नबताएको भारतीय मिडियाको दाबि छ।

यो पनि : अमेरिकी रक्षा विभागको रिपोर्टले भारत–चीनबीचको वि वा दि त क्षेत्रमा चीनले गाउँ बसाएको खुलासा गरेको थियो । भारतले यो गाउँ नै अ वै ध रहेको प्रतिक्रिया दिएको छ ।

यस कदमलाई कुनै पनि हालतमा स्वीकार्न नसकिने भारतले जनाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीका अनुसार भारतले पनि सीमासँग जोडिएका सीमावर्ती इलाकामा सडक र पुल लगायत पूर्वाधारको विकास निर्माण तिव्र बनाएको छ ।

‘चीनले पछिल्ला केही वर्षमा सीमावर्ती क्षेत्रसँगै ती क्षेत्रमा पनि निर्माण गतिविधिहरु सुरु गरेको छ । जसमाथि उसले दशकौंदेखि अ वै ध रुपमा क ब्जा जमाइरहेको छ,’ बागचीले भने ।

भारतले न यस्तो अवैध क ब्जालाई स्वीकारेको छ, न त चीनका अनुचित दा बीलाई नै मानेको छ ।

‘हामीले अमेरिकी रक्षा विभागको रिपोर्टबारे जानकारी लिएका छौं । जसमा भारत–चीन सीमा क्षेत्र र विशेषगरी पूर्वी क्षेत्रमा चीनद्वारा बनाइएका निर्माण गतिविधिबारे उल्लेख छ ।

’उनले चीनका यस्ता कदमहरूबारे राजनीतिक माध्यमबाट विरोध जनाएको र भविष्यमा पनि जनाइरहने बताए ।

चीनको तिब्बत स्वायत्त क्षेत्र र भारतको अरुणाञ्चल प्रदेश जोड्ने विवादित सीमा क्षेत्रमा चीनले सन् २०२० यता १ सयवटा घरहरु सहितको गाउँ बसालेको खुलासा ३ नोभेम्बरमा अमेरिकी रक्षा विभागका तर्फबाट जारी भएको रिपोर्टमा गरिएको थियो । 

तर, भारतका चिफ अफ डिफेन्स स्टाफ तथा भारत सरकारका प्रमुख सैन्य सल्लाहकार बिपिन रावतले यस मामिलामा फरक प्रतिक्रिया दिएका छन् । उनले चीनले आफ्नै अधिकार क्षेत्रमा रहेको गाउँमा पूर्वाधार निर्माण गरिरहेको बयान दिएका हुन् ।

‘उनीहरुले पूर्वाधार निर्माण गरिरहेका छन् र यो गाउँ एलएसीस्थित उनीहरुकै अधिकार क्षेत्रको हो । उनीहरुले एलएसीस्थित हाम्रो क्षेत्रको उल्लंघन कहिल्यै गरेनन् ।

धेरै तरिकाका धारणाहरू आएका छन् । एलएसी कहाँ छ भन्ने कुरालाई लिएर हामी हामी यो कुरालाई लिएर निकै स्पष्ट छौं । किनकि, हामीलाई एलएसीमा हाम्रो स्थिती कहाँ छ भनेर बताइएको छ ।

र, यो नै त्यो क्षेत्र हो, जसको सुरक्षाका लागि हामीसँग अपेक्षा गरिन्छ,’ द हिन्दू अखबारसँगको कुराकानीमा उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...