जापानले बनायो उड्ने बाइक, मुल्य सुन्दा उड्छ सबैको होस् (भिडियो सहित)

एजेन्सी – जापानको एउटा कम्पनीले उड्ने बाइक बनाएको छ । समाचार संस्था रोयटर्सका अनुसार फुटबल खेलाडी केउसुके होन्डाले सुरू गरेको स्टार्टअप कम्पनीले बनाएको उक्त बाइक मंगलबार बिक्रीका लागि राखिएको छ।उक्त बाइकको मूल्य ६ लाख ८० हजार अमेरिकी डलर (८ करोड १७ लाख रुपैयाँ) राखिएको छ ।

टोकियोको ड्रोन स्टार्टअप एएलआई टेक्नोलोजीले बाइकमा परम्परागत इन्जिन राखेको छ भने ब्याट्रीबाट चल्ने चार वटा मोटर जोडेको छ । यो बाइक एक पटकमा ४० मिनेट उड्न सक्छ । यसको गति प्रतिघन्टा सय किलोमिटर रहेको समाचारमा उल्लेख गरिएको छ ।

यो टेक्नोलोजीले तहल्का मचाएपछि चीन र अमेरिकालाई झट्का लाग्ने संकेत देखिएको छ । तेस्तै, जापानको प्रविधि कम्पनी एएलआइ टेक्नोलोजीले सन् २०२२ सम्म उड्ने मोटरबाइक आफूले बेच्ने बताएको छ । कम्पनीका कार्यकारी अधिकारी सुही कोमाट्सुले सन् २०२२ सम्म उड्ने मोटरबाइक आफ्नो कम्पनीले ग्राहकलाई वितरण गरिसक्ने बताएका हुन् ।

यस प्रविधि कम्पनीेले विशेषगरी साना ड्रोनहरु निर्माण गर्दछ । यस बाइकसमेत ड्रोन शैलीमा निर्माण गरिने बताइएको छ । कम्पनीले आफ्नो बाइक कस्तो हुने भनेर परीक्षण गरेरसमेत देखाएको छ । यस्ता बाइक धेरै सवारीको चाप हुने स्थानमा प्रयोग गर्न सकिने कम्पनीको धारणा रहेको छ ।

जापान टाइम्सका अनुसार साना कारहरुको हाराहारीमा उड्ने बाइकको मूल्य हुने जनाइएको छ । तेस्तै : अमेरिकी कार निर्माता टेस्लाका सीईओ एलन मस्कले कम्पनीको ‘फुल सेल्फ ड्राइभिङ एफएसडीमा समस्या देखिएको बताएका छन् । कम्पनीले यो सफ्टवेयर सार्वजनिक गरेको एक दिन पूरा नहुँदै मस्कले अस्थायीरुपमा यो सफ्टवेयरलाई रोकिएको बताएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् मस्कले अस्थायीरुपमा यो सफ्टवेयरको प्रयोग रोकिएको बताएका हुन् । यसअघि नियामकले टेस्लाको चालकलाई सहयोग पुग्ने किसिमको ‘अटोपाइलट’ प्रमालीको सुरक्षाको बारेमा चासो राखेको थियो । यो प्रणालीको प्रयोग गरेका कार दुर्घटनामा परेको समाचारसँगै नियामकले टेस्लामाथिको अनुसन्धान अघि बढाएको थियो ।

यस्तोमा टेस्लाले थप आधुनिक र सुरक्षित सफ्टवेयरको रुपमा एफएसडी ल्याएको थियो। यसमा थप स्वचालित फिचर छन् । यद्यपि एफएसडी सफ्टवेयर प्रयोग गरेको सवारीमा पनि चालक भने चाहिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । एफएसडीमा देखिएको समस्या समाधान गरेपछि केही दिनमा नै यो सफ्टवेयर पुनः सञ्चालनमा आउने मस्कले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...