यो हो संसारको सबैभन्दा महंगो पानी, जस्को यति धेरैमुल्य सुन्दा तपाई दंग पर्नुहुनेछ

एजेन्सी पानी जीवन हो, त्यसैले यो अमूल्य छ । यद्यपि आम रुपमा हामीकहाँ पानी खरीद गर्नुपर्दा खासै महंगो भने पर्दैन ।

बोतलबन्द पानी सहज र शुलभ रुपमै पाइन्छ । तर संसारमा एउटा यस्तो विशेष पानी पनि छ जसको एक सानो बोतलकै मूल्य ७२ लाख रुपैयाँ पर्दछ ।

Acqua di Cristallo Tributo a Modigaliani ब्राण्डको पानीलाई संसारको सबैभन्दा महंगो पानी मानिन्छ । फिजी र फ्रान्समा प्राकृतिम मूलबाट निस्किएको यो पानी शुद्ध र निर्मल त छ नै तर यसको प्याकिङ तथा बोतलका कारण यो बहुमूल्य बनेको हो ।

साथै यो पानी विशेष स्वादयुक्त तथा प्रचूर लवणयुक्त भएको बताइन्छ । ७ सय ५० मिलिलिटर पानीको एक बोतलको मूल्य ७२ लाख रुपैयाँ बराबरको रकम पर्दछ ।

अक्वा दी क्रिस्टेलो ट्रिबूटो अ मोडिगलियानी नामक उक्त पानीको बोतल २४ क्यारेट सुनबाट बनाइएको हुन्छ । संसारको सबैभन्दा महंगो पानीको उक्त बोतलको डिजाइन विश्व प्रसिद्ध बोतल डिजाइनर फर्नान्डो अल्तामिरानोले गरेका हुन् ।

स्मरण रहोस् संसारको सबैभन्दा महंगो बोतल कान्येक डुडोगन हेरिटेज हेनरी चतुर्थको डिजाइनर पनि उनै फर्नान्डो हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...