बिजुलीको तारमा अल्झिएको चराको हेलिकप्टरबाट उद्धार ! (भिडियो हेर्नुहोस)

काठमाडौं – सामाजिक संजालमा अहिले एउटा भिडियो निकै भाइरल भइरहेको छ ।

भिडियोमा बिजुलीको तारमा अल्झिएको एउटा चराको उद्धार भइरहेको छ । यो चरालाई बचाउनको लागि हेलिकप्टरबाट उद्धार अपरेशन चलाइयो ।

भिडियोमा सीगल प्रजातिको चराको ज्यान बचाउनको लागि हेलिकप्टरको प्रयोग गरिएको देखिन्छ । यो उद्धार अभियानको एउटा भिडियो भाइरल भइरहेको छ । यो भाइरल भिडियो हेरेर सामाजिक संजाल प्रयोगकर्ताहरुले उद्धार टिमको प्रशंशा गरिरहेका छन् ।

भिडियोमा एक व्यक्ति हेलिकप्टरसँग जोडिएको संरचनामा बसेर बिजुलीको तारमा अल्झिएको सीगल चरालाई निकाल्ने कोसिस गरिरहेका छन् । यी व्यक्तिले निकै सावधानीपूर्वक चरालाई बिजुलीको तारबाट निकालेर एउटा झोलामा राख्छन् त्यसपछि हेलिकप्टर त्यहाँबाट जान्छ । 

डेली मिररका अनुसार यो भिडियो अहिलेको होइन । यो भिडियो ८ वर्षअघि २०१३ मा भएको घटनाको हो । यो घटना अमेरिकाको भर्जिनियामा भएको थियो । रिपोर्टअनुसार यो चरा त्यहाँ तारमा २४ घण्टादेखि अल्झिएको थियो ।

चरा अल्झिएको देखेपछि भर्जिनिया डोमिनियन पावरले चरालाई मुक्त गराउनको लागि हेलिकप्टरको प्रयोग गरेर अपरेशन चलायो र चरालाई त्यहाँबाट सुरक्षित बाहिर निकालियो । २०१३ को यो भिडियो अहिले फेरि सामाजिक संजालमा शेयर भएको छ ।

यो भिडियोको क्याप्सनमा भिडियो पुरानो भएको नखुलाइएकोले प्रयोगकताृहरु झुक्किएका पनि छन् । २ दिनअघि जाट्स ग्यालरी नामक इन्स्टाग्रामबाट शेयर गरिएको यो भिडियोमा लाखौं भ्यु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...