काठमाडौं – स्पेनको अदालतले एक पितालाई २ वर्षको जे’ल स’जा’य सुनाएको छ । ती पिताले आफ्ना १० वर्षका छोरालाई आएको पत्र खोलेका थिए ।
उनलाई ३ हजार युरो जरिवाना समेत तिराइएको छ । सेभिल्लाको एक अदालतमा भएको सुनुवाइमा ती पिताले छोराको गोपनियताको हकको उ’ल्लं’घन गरेको आरोप लगाइएको थियो ।
यो पत्र ती बालकलाई उनकी आमाकी बहिनीले पठाएकी थिइन् । पितालाई त्यो पत्र खोल्ने अधिकार थिएन ।
पत्रमा ती बालकका पिताले उनकी आमामाथि २०१२ मा अत्याचार गरेको पूरा विवरण सहित ती बालकले आफ्ना पितालाई कसरी दो’षी प्रमाणित गरेर सजाय दिलाउन सक्छन् भन्ने विवरण लेखिएको थियो ।
तर, पिताले यही पत्रको आधारमा अदालतमा आफ्नी श्रीमतीकी बहिनीले आफ्नो छोरालाई बयान दिन द’बा’ब दिएको प्रमाणित गर्ने कोसिस गरेका थिए ।
२०१२ र ती बालककी आमाले उनका पिताविरु’द्ध का’नु’नी का’रवा’हीका लागि आवेदन दिएकी थिइन् । उनले आफ्ना पति विरु’द्ध निजी जानकारी सार्वजनिक गरेको आरोप लगाएकी थिइन् ।
पत्र बालकका पिताले पढेको थाहा पाएपछि पत्र पठाउने महिलाले अदालतमा २ वर्षको जे’ल स’जा’य र ३ हजार युरो ज’रिवा’ना माग्दै मु’द्दा हालेकी थिइन् ।
























