कुकुर घुमाउने जागिर खुल्यो ! लाखौं तलब, पेन्सन र स्वास्थ्य उपचारको समेत सुविधा पाउने

एजेन्सि –

के तपाईलाई कुकुर घुमाउनेलाई लाखौ तलब अनि साथमा सेवा सुविधा पाउछा भन्दा विश्वास लाग्छ ? सुन्दा अनौठो लाग्ने र अचम्म लाग्न सक्छ तर यो बास्तवमै रहेको छ ।

सेवा सुविधा यति मात्रै नभएर लाखौं तलब, निःशुल्क स्वास्थ्य उपचारको सुविधा र रिटायर भएपछि पेन्सनको समेत सुविधा ।

सुन्दा अनौठो लाग्छ तर बेलायतको राजधानी लण्डनमा रहेको ल फर्म जोसेफ हेग आरोन्सनले कुकुर घुमाउने कामको लागि नयाँ कर्मचारी भर्ना गर्न विज्ञापन खोलेको छ ।

डेलीमेलमा प्रकाशित समाचार अनुसार यो कामको लागि छनौट हुने कर्मचारीको काम कुकुर घुमाउने हुनेछ ।

यो कामको लागि वार्षिक ३० हजार पाउण्ड (४६ लाख नेपाली रुपैयाँ) तलब दिइनेछ । साथमा पेन्सन, जीवन बीमा र निजी मेडिकल र डेन्टल बिमा पनि दिइनेछ । बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म काम गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...