उज्यालो नेपालको नायक कुलमान घिसिङको जिवन कथा कस्तो छ ? हेर्नुहोस उनको विगत

नेपालको सुपर हिरो उज्यालो नेपालको नायक
कुनै बेला दिनको १८ घण्टा सम्म लोडसेटिङबाट पिडित भई अध्यारोमा आफ्नो जिवन विताईरहेका नेपालीको जिवनमा एक भगवानको रुपमा आई साच्चिकै भगवानले

जस्तै परिवर्तन गरिदिएका छन् मान्छेको दैनिकि त्यतिमात्रै नभएर करौडको घाटामा फसिरहेको संस्थालार्ई उद्धार गरि हाल नाफामा पुयाउने तिनै व्यक्तिको बारेमा आज हामी कुरा गर्न गईरहेको छौ ।

दुर्गम गाँउको एक जना सामान्य किसानको छोरो अहिले नेपाली जनताको मन,मुटु अनि मस्तिष्कमा बास बस्न सफल भएको छ । देशलाई लोडसेटिङबाट मुक्तm गराएर सबैको घरमा उज्यालो भित्राउने अभियन्ता कुलमान घिसिङ आजको यस भिडियोमा प्रस्तुत गर्न गईरहेको छु ।

हामीले यो भिडियो तयार पार्नको लागि विभिन्न अनलाईन स्रोतहरुबाट तयार गरिएको छु । यसरी भिडियो तयार गरिरहदा हामिले कुलमानको सम्पुर्ण जानकारी र विवरणहरु प्राप्त नभएको हुन सक्छ

अझ भनौ उहाँको छुटाउन नहुने कुराहरु जानकारी छुट्न सक्छ यसमा तपाईहरुले माफी गरिदिनुहुन्छ भन्ने आशा लिएको छु साथै तपाईहरुले छुटेका कुराहरु यस भिडियोको कमेन्ट बक्समा कमेन्ट गरेर पनि भन्न सक्नुहुनेछ ।

कुलमान घिसिङको जन्म वि.स २०२७ साल मंसिर १० गते अर्थात सन १९७० नोबेम्बर २५ बुधबार राति रामेछाप जिल्लाको बेथान गा.वि.स मा बुबा र आमाको कोखबाट भएको थियो ।

कुलमानको प्राथमिक शिक्षा गाउँमै वित्यो । उनि सधै स्कुुलमा प्रथम हुन्थे । उहाँ ५ कक्षा पास गरेपछि आफना दाईहरुसँग काठमाँडौ आउनुभयो । उहाँका दाई काठमाँडौको नयाँ बानेश्वरमा बस्दै आउनु भएको थियो ।

उहाँका दाइ काठमाँडौमा बसेर थान्काको व्यवसाय गर्दै आउनु भएको थियो । काठमाँडौ आउनुभएपछि कुलमानलाई उनका दाजुहरुले सरकारी स्कुल बाल सेवा माध्यमिक विद्यालयमा कक्षा ७ मा भर्न गरिदिएका थिए ।

कुलमान त्यहाँ पनि प्रथम भए । उसक कक्षाका दोस्रो भएका व्यक्ति सिद्धार्थ बनस्थलि गएपछि शिक्षकहरुले उनलाई पनि यति राम्रो पढाई भएको केटो बोर्डिङ स्कुल तिर जानु राम्रो भन्ने सल्लाह दिएका थिए ।

उनका दाजुहरुले मास्टरको सुझाव बमोजिम अमर आस बोर्डिङ मा भर्न गरिदिनुभयो । कुलमान पढाईमा मेधावि भएकाले उनि त्यहाँ पनि प्रथम भए । एस.एल. सि. मा कुलमानलाई बोर्डमा पर्ने आशा गरेका थिए ।

तर उनी परेनन् उनका साथी सेकेन्ड ब्वाई महेश ढकाल भने बोर्डमा परे । तर कुलमानको ४ नम्बर पुगेन । त्यसपछि उनले असकल क्याम्पसबाट क्ष्ब्ऋ गरे । उनले असकल क्याम्पसबाट क्ष्ब्ऋ गरीसकेपछि उहाँ छात्रावृत्तिमा भारतमा पढ्न गए ।

सन १९९४ मा बिएसी इलेक्ट्रिकल ईन्जिनियरिङ गरेर करिब २०५१ साल तिर उहाँ स्वदेश फर्केका थिए । भारतमा पढेर आएपछि कुलमानले जागिरका लागि मन्त्रालय,हवाइ विभाग र प्राधिकरणमा गरेर ३ ठाँउमा नाम निकालेका थिए ।

उहाँले मन्त्रालय,हवाइ विभाग छोडेर प्राधिकरण रोज्न पुगे किनकी उहाँलाई लाग्थ्यो अरु ठाँउमा पेपर ओर्क मात्रा हुन्छ प्राधिकरणमा भए प्राक्ट्रिकल नै हुन्छ । प्राधिकरणमा लामो समय काम गरेपछि गरेपछि नितिगत तहमा जाने इच्छा पनि उहाँलाई नलागेको होइना ।

त्यहिसमय सहसचिव पदका लागि लोक सेवाले खुलाएको विज्ञापनमा लिखितमा नाम पनि निकालेका थिए । तर अन्तरवार्तामा अर्के छानिए यदि त्यो बेलमा सहसचिवमा छानिएको भए सायद आज नेपालमा उज्यालो देख्न पाउने नै थिएन होला ।

उनि सहसचिवमा नछानिए पछि नेपाल विद्युत प्राधिकरणमा सातौ तहको ईञ्जिनियरको जागिरे भएको थिए । उहाँ काम गर्दै पढदै जाने क्रममा पुल्चोक ईञ्जिनियरीङमा मास्टर्स गर्नुभयो । कुलमानले इन्टिग्रेटेट रिसोर्स प्लानिङ उइथ डिमान्ड साईड म्यानेजमेन्टमा पनि थेसिस गर्नुभएको थियो ।

त्यसगरि उहाँले पोखरा विश्वविद्यालयबाट एम.वि.ए पनि गरेका छन् । नेपाल विद्युत प्राधिकरणको सातौ तहको इञ्जिनियरिङको रुपमा काम गर्द गर्दै कुलमानले रसुवाको चिलिमे जलविद्युतको आयोजनाको जिम्मेवारी समाहाल्ने मौका पाउनु भयो ।

उहाँले चिलेमेमा २०६७ देखि २०७१ सम्म प्रवन्ध सञ्चालकको रुपमा काम गर्द उनले चिलिमेक आम्दानीबाट रसुवागडि आयोजना,मध्य भोडेकोसि र सञ्जेन माथिल्लो परियोजनाको निर्माणको थालानि गरे । उहाँले नेपालको लागानिबाट पनि विद्युतिय परियोजना पनि सफल रुपमा बनाउन सकिन्छ भनेर प्रमाणित गरे ।

उहाँको व्यक्तिगत करिअरको लागि त्यो टर्निङ प्वाईन्ट सावित हुन गयो । कुलमानले अपेक्षा गरेभन्दा समयमै सफलता पुर्वक परिक्षण मात्र गरेनन शेयर दिएर स्थानियलाई लाखपति बनाएका थिए ।

चिलिमेको शियर जनताको हातबाट दलालहरुको फुत्काउन थालेपछि कुलमानले एउट गाँउको ७ करोड बराबर रुपैयाँ बराबरको शेयर फिर्ता गरिदिएका थिए । यो घटनाले गर्दा रसुवाको जनताले कुलमानलाई आखाँको नानि भित्र राखेका छन् । तर दुर्भाग्य भनौ कुलमानलाई आयोजनाबाट हटाए ।

उहाँलाई हटाइसकेपछि प्राधिकरणको केन्द्रमा तानिए । केन्द्रमा आएपछि उहाँलाई २ बर्षजति जिम्मेवारीबाट बञ्चित गरेर राखेका थिए । यस अवधिमा उहाँ कार्यालय जाने हाजिर गर्ने र फर्किने दैनिकि बनेको थियो ।

यस किसिमको जिम्मेवारी नपाएपछि उहाँ यस्तो अवस्थामा पुगिसकेको थियो कि उनि राजिनामा दिने सोचमा पुगिसकेको थियो । एकातिर विद्युतको चोरि र अर्कातिर कालोबजारी भइरहेको जनतामा लोडसेटिङ मार खेप्नु परिरहेको उनि राजिनामा दिने मोडमा पुगेसकेको थिए ।

तर उनलाई सरकारले विश्वास गरेर २०१६ सेप्टेम्बरमा प्राधिकरणको एम.डि अर्थात प्रवन्धक निर्देशक पद दियो । प्राधिकरणको एम.डि भएपछि जुनियर व्यक्ति भएको भन्दै प्राधिकरणको केहिले कुलमानको विरोध समेत गरेका थिए ।

कुलमानले एम.डि बन्न साथ आफनो स्थाई जागिरबाट राजिनामा दिएर बरिष्ट भन्नेहरुलाई जवाफ दिएका थिए । जवकि कुलमानको स्थाई जागिरबाट अवकास प्राप्त गर्न १२ बर्ष बाँकी नै थियो ।

एघारा तहका कर्मचारी रहेका घिसिङ एकै पटक प्रवन्ध निर्देशकमा नियुक्ति भएका थिए । उहाँ नेपाल विद्युत प्राधिकरणको प्रवन्ध निर्देशकमा सेप्टेम्बर महिनामा नियुक्ति भएका थिए ।

नियुक्ति भएको दोस्रो महिना अक्टोबर ३० अर्थात २०७३ कार्तिक १४ गते लक्ष्मी पुजामा काठमाँडौबाट लोडसेटिङ मुक्त गर्ने कार्यको परिक्षण गरेको थियो । सो परिक्षण सफल भएपछि २०७३ चैत्र १ देखि देशव्यापि रुपमा लोडसेटिङ अन्त्य गर्न उनि सफल भएका थिए ।

उहाँले देशमा लोडसेटिङ मुक्क्त गरिसकेपछि सबै देशबासीहरुले वाहा वाही एवं स्यावासि दिएका छन् । कुशल व्यवस्थापक र महत्वपुर्ण योग्दान बापत उनलाई थुप्रै मान पदवि तथा अवार्डहरु सम्मानहरु समेत पाएका छन् ।

कुलमान घिसिङको यो माहान कार्यालाई सम्मान गर्दै झापाका एउटा चोकको नाम नै कुलमान घिसिङ चौक राखिएको छ । कन्काई ४ र शिवसताक्षी १० को विचमा पर्ने गाँउबासिले आफ्नो गाँउको नाम नै परिवर्तन गरि कुलमानको नाम जोडेर नयाँ नामकरण गरेका हुन ।

टुकि बाल्दै आएका करिव १०० परिवारले विद्युत पाएपछि नाम राखेका हुन् । राजनितिले आकुल व्याकुल एव निरास छाईरहेको बेलामा जताजतैबाट वाही वाही र स्यावासी सबैबाट पाईरहेको छ भने त्यो पक्कै पनि कुलमान नै हो ।

पछिल्लो समय त झन विजुली बत्ति र कुलमानको नाम पर्याबाची जस्तै बनेको छ । तेसो त अचेलका युवा पुस्ताहरु बत्ति आयो भन्नुको सट्टा कुलमान आयो कुलमान गयो भन्न थालेका छन् । कुलमान घिसिङलाई देउवा नेतृत्वको सरकारले फेरी दोस्रो पटक विद्युत प्राधिकरणमा नियुक्ति गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...