के हामीले मास्कलाई फेरी प्रयोग गर्न मिल्छ ? सकिन्छ भने कसरी प्रयोग गर्ने ?

काठमाडौं – विश्वभर फैलिएको को’रोना भा’ईरसको कारण विश्व जगत सोचेको गतिमा माथि उठन सकिरहेको छैन ।

यहि को’रोनाको महामारी बच्नको लागि विश्व स्वास्थ्य संगठनले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नको लागि अनुरोध गरेसँगै विभिन्न देशले पनि मास्कको प्रयोगलाई अनिवार्य गरिरहेको छ । बाटोमा हिडने अधिकांश मानिसहरुले मास्क लगाएका पनि छन् ।

तर, अझै पनि धेरै व्यक्तिलाई मास्कको प्रयोग र प्रभावकारिताको विषयमा अनवि’ज्ञ छन् । सर्जिकल मास्कलाई एक चोटि प्रयोग गरिसकेपछि पुन प्रयोग गर्न मिल्छ कि मिल्दैन भनेर धेरैलाई थाहा छैन ।

प्रायाले एकचोटि प्रयोग गरेपछि फाल्ने गरिन्छ भने कोहि कोहिले यसलाई धोएर पुन प्रयोग गर्ने गरेको पनि नभेटिएको होईना । तीन पत्र भएको मास्कको प्रयोगले महामारी लगायतका सरु’वा रो’ग अरुलाई सर्ने जो’खिम कम हुने विज्ञ बताउँछन् ।

७२ घण्टासम्म सिल भएको कागजमा वा खाममा राखेपछि मात्र सर्जिकल मास्क पुनः प्रयोग गर्न सकिने नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी अस्पताल नर्सिङ प्रशासक वाला राई बताउनुहुन्छ ।


मास्कको प्रयोग गर्दा बाहिरको भागमा छुँदा त्यसको प्रभावकारितामा कमी आउने राईको भनाइ छ । अस्पताल तथा भीडभाडयुक्त क्षेत्रमा दोहारो मास्क लगाउँदा फाइदा हुने भए पनि त्यसलाई तरिका मिलाएर लगाउनु पर्ने राई जानकारी दिनुहुन्छ । मास्क लगाउँदा कहिल्यै पनि प्वाल देखिने गरी लगाउन नहुने र फिटिङ मास्क लगाउन पनि उहाँको सुझाव छ ।


साथै सर्जिकल मास्क धोएर प्रयोग गर्दा प्रभावकारिता घट्नेतर्फ पनि उहाँले सचेत गराउनुभएको छ । सर्जिकल मास्क धुँदा त्यसमा भएको तीन तहमध्येका तहहरु जाने भएकाले प्रभावकारिता घट्ने उहाँको भनाइ छ । मास्कको सही प्रयोग र प्रभावकारिताको सन्दर्भमा ईमेजखबरकी प्रज्ञा तिमल्सीनाले राईसँग गरेको कुराकानीको सम्पादित अंश–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...