बाख्रासँग बिहे गर्ने युवक र बिहे गराइदिने पण्डित प्रहरीद्धारा पक्रा’उ, कहाँ गरे यसरी विवाह ?

काठमाडौं – प्रहरीले बाख्रासँग बिहे गर्ने एक युवक र बिहे गराइ दिने पण्डितलाई पक्रा’उ गरि हि’रासतामा लिएको छ ।

ती युवकले बाख्रासँग बिहे गरिरहेको भिडियो सामाजिक संजालमा भाइरल भएपछि प्रहरीले एक्सन लिएको हो । यो बिहेको भिडियो अहिले पनि सामाजिक संजालमा चर्चाको विषय बनेको छ ।

यो बिहे पाकिस्तानको मिरपुरखास जिल्लामा भएको पाकिस्तानी मिडिया द न्यूजले जनाएको छ । बाख्रासँग बिहे गर्ने युवक हिन्दू हुन् र उनको नाम अशोक भेल भएको बताइएको छ ।

भिडियोमा अशोकले मिरपुरखास जिल्लाको डिगरी क्षेत्रमा बाख्रासँग बिहेको सबै रितिरिवाज पूरा गरिरहेको देख्न सकिन्छ । भिडियोमा बिहे गर्ने युवकका मातापिता पनि बिहेमा उपस्थित भएको देखिन्छ ।

पछि प्रहरीले बेहुला अशोक भेल र बिहे गराइदिने पण्डित भगत भेललाई हिरासतमा लिएको समाचारमा जनाइएको छ । पण्डित भगतले प्रहरीलाई बताएअनुसार उनीहरुको विश्वासमा कुनै पनि विधवा वा सम्बन्धविच्छेद गरेकी महिलाले अविवाहित युवकसँग बिहे गर्नु हुँदैन ।

त्यसैले ती युवकको पहिले बाख्रासँग बिहे गराइदिएर उनलाई ‘विवाहित’ बनाउन खोजिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...