काठमाडौं – फर्सीमा ९० प्रतिशत पानी हुन्छ। यसलाई फलको श्रेणीमा समेत राखिन्छ ।
बिशेष गरी फर्सीलाई तरकारी पकाउन तथा सलाद बनाउन मात्र प्रयोग गरिन्छ । फर्सीमा प्रशस्त मात्रामा भिटामिन ए, फलाम, फाइबर लगायत बिभिन्न पौष्टिक तत्वहरु पाउन सकिन्छ ।
यो शरीरका लागि अत्यावश्यक फाइटोन्युट्रिन्टसको प्रमुख प्राकृतिक स्रोतमध्ये एक हो । यसको नियमित उपयोगले उमेरको प्रक्रियालाई समेत मत्थर गर्ने मानिन्छ।
आहार विशेषज्ञहरूका अनुसार फर्सी हृदयरोगीका लागि अत्यन्त लाभप्रद छ । यो कोलेस्ट्रोल कम गर्ने, चिसो बनाउने र मूत्रबर्धक मानिन्छ ।
यसमा प्रचुर मात्रामा रेसा (फाइबर) पाइन्छ। त्यसैले पेटको गडबडीमा समेत फर्सी फाइदाजनक छ । यो जानकारी कान्तिपुरमा छापिएको छ ।
फर्सीले चिनीको मात्रालाई नियन्त्रण गर्छ । यसले प्यांक्रियाज अग्न्यासयलाई समेत सक्रिय र्पा। यसैले चिकित्सक मधुमेहका रोगीलाई फर्सी खाने सल्लाह दिन्छन्। फर्सीको रससमेत फाइदाजनक मानिन्छ ।
























