बलेवा – “विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । म दि राले ल ठ्ठ भएकाले बेला के–के भयो के के”, आफ्नै पेटमा हुर्किरहेको चार महिनाको गर्भप त न गरी टालोमा बेरेर घर छेउको बारीमा गाडेपछि उनले जेठानीसँग भनेकी थिइन् “लु का उन पर्ने भएकाले लुकाएकी हुँ ।”
बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीकी २६ वर्षीया महिलाले ग र्भप त न गराएर गाडेको बच्चाको विषयमा खोजी भयो । प्रहरीले सोधपुछ गर्ने क्रममा बाबुको विषयमा बताएपछि उनले जेठानीसँग भनेको जस्तै आफ्नै देवर नाता लाग्ने व्यक्ति प क्रा उ परे ।
देवर भाउजूको अ वैध सम्बन्धबाट गर्भ रहेकाले समाजमा मुख देखाउन कठिन हुने भन्दै उनले ग र्भपत न गराएर गाडेको अनुमान प्रहरीको छ । “दुई पटकसम्म शारीरिक सम्बन्ध भएको हो, बाँकी के–के भयो थाहा भएन”, प्रहरीसँगको बयानमा पक्राउ परेका देवरले भनेका छन्, “सहमतिकै कुरा हो, ज ब र्ज स्ती गरेको होइन ।”
यही प्रमाणका आधारमा प्रहरीले भ्रू ण ह त्या गरिएको आरोपमा जैमिनी–१० राङ्खानीकी ती महिला र उनको देवर नाता पर्ने ३१ वर्षीय पुरुष विरु द्ध मु द्दा दर्ता गरेको छ । यही साउन ३ गते ती महिलाको घरदेखि केही पर भ्रू ण ह त्या गरेर गाडेको भेटिएको थियो । उनीहरु दुवै विरु द्धमा भ्रू ण ह त्याको मु द्दा दर्ता भएको छ ।
पुरुष जस्तो देखिने भ्रू णलाई रातो टालोमा बेरेर माटोमुनि गाडिएको अवस्थामा फेला पारिएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले बताउनुभयो । “दुवैले कमजोरी स्वीकार गरेकाले मु द्दा दर्ता भएको छ”, पल्ली मगरले भन्नुभयो, “अनुसन्धान बाँकी छ, हामी प्रक्रिया मै छौँ ।” पक्रा उ परेका दुवैलाई म्याद थप गरी थु नामा राखिएको छ ।
पक्रा उ परेकामध्ये भाउजूका पाँच वर्षकी छोरी र तीन वर्षका छोरा छन् । देवरका १२ र दुई वर्षका दुई छोरी छन् । दुवै जना विवाहित हुँदाहुँदै अ वै ध सम्बन्ध राखेकै कारण घटना भएको पल्ली मगर बताउनुहुन्छ ।
“लामो समय श्रीमान् विदेशमा रहेकाले देवर नाता पर्ने भाउजूको घरमा आउजाउका कारण ना जा यज सम्बन्ध रहेको पाइयो”, पल्ली मगरले भन्नुभयो । उनीहरुको सम्बन्धको विषयमा पहिलेदेखिनै श ङ्का गरेका परिवारका सदस्य र गाउँलेले पछ्याउँदा उनले अ वै ध ग र्भपत न गरेर गाडेको अवस्थामा फेला परेको थियो । रासस
























