प्रेम विवाह गरेको १० महिनामै श्रीमतीले गरिन् दोस्रो विवाह, श्रीमतिको यस्तो भिडियो देखेर श्रीमानको होस् उड्यो

एजेन्सी – छिमेकी देश भारतमा एक अनौठो खालको विवाह सम्पन्न भएको छ । सायद हामी जोकोहिले सोचेको पनि थिएन होला र सायद सोच्न पनि सक्दिन होला ।


प्रेम विवाह गरेको १० महिना पछि नै आफ्नी श्रीमतीले अर्कैसंग दोस्रो विवाह गरेको भिडियो श्रीमानले देखे उनको होस उड्यो । अहिले पहिलो श्रीमान त्यही भिडियो लिएर प्रहरीकहाँ न्याय माग्न पुगेका छन् ।


यो घटना भारत उत्तर प्रदेशको कानपुरमा भएका हो । कानपुरका बाबुपुरवा निवासी अमित शर्माले गोविन्द नगर काची बस्ती निवासी रुची वर्मासँग प्रेम विवाह गरेका थिए । दुबैको विवाह ४ जुन २०२० मा आर्यसमाज मन्दिरमा परिवारका सदस्यहरूको सहमतिबाट भएको थियो।


को रोना अवधिमा भएको यस विवाहमा घरका पाँचजना व्यक्ति मात्र उपस्थित थिए। उनीसँग आर्य समाज मन्दिरमा भएको यस विवाहको प्रमाणपत्र पनि छ। अमितले भने कि प्रेम विवाह पछि ती दुबै खुशी सँगै मिलेर आरामदायक जीवन बिताइरहेका थिए।


विवाह भएको ४ महिना पछि सेप्टेम्बर २३ मा, उनकी श्रीमती माइत गइन् । माइतमा आफन्तको विवाह भएको भन्दै उनले आफ्ना गहना र ५० हजार रुपैया पैसा पनि लिएर गएकी थिइन् । उनलाई लिन आमा छोरीको घर आएक थिइन् ।


श्रीमती माइत गएको केही दिनमा श्रीमानले फोन गरे । तर रुचीको फोन अफ थियो । त्यसपछि उनी श्रीमतीलाई लिन ससुराली पुगे । तर श्रीमानसंग घर फर्कन रुचीले मानिनन् । यसपछि उनले यस विषयमा अनुसन्धान सुरु गरे जुन कुरा थाहा पाए उनीआश्चर्यमा परे ।


अमितले भने कि तीन दिन अघि रुचिले सम्बन्धविच्छेद नगरी अर्को व्यक्तिसँग बिहे गरेको कुरा उनलाई थाहा भयो। उनले सुरुमा विश्वास गरेनन्, तर जब उनी रत्नलाल नगरको आर्यसमाज मन्दिरमा पुगे, त्यसवारे बुझे उनले आफ्नी श्रीमतीको दोस्रो विवाहको भिडियो भेट्टाए। यो भिडियो देखेर उनको होस उड्यो ।


प्रहरीलाई भने कि श्रीमतीले अर्को मानिससँग जुलाई २, २०२१ मा बिहे गरेकी छन् । अमित भन्छिन् कि श्रीमतीले अहिलेसम्म तीन विवाह गरेकी रहिछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...