एजेन्सि – पत्रकार सुचनाको एक मात्रा संवाहक । जसले समाजमा घटेको विकृ’ति विसंग’ति माथि कलम चलाई सभ्य र सुन्दर समाज निर्माणका लागि महान योगदान पु¥याउने काम गर्दछ ।
भनिन्छ नि हाम्रो कान र आँखा हुनु मात्रा पर्छ हामीले जेपनि देख्न र सुन्न पाईन्छ भनेर । यस्तै एक अनौठो खालको घटना पाकिस्तानमा पनि घटेको छ । पाकिस्तानका उटपट्याङ पत्रकार अमिन हाफीजले भैंसीको अन्तर्वार्ता लिएका छन् ।
विचित्र प्रकारका अन्तर्वार्ता लिएर नाम कमाएका हाफीजले ईद-उल-अदहाको अवसरमा एउटा भैंसीको अन्तर्वार्ता लिएका हुन् । नले भैंसीको मुख नजिक माइक तेर्स्याएर अनुहारमा मुस्कान ल्याउँदै अन्तर्वार्ता लिएको भिडियो भाइरल बनिरहेको छ ।
‘अँ, भन्नुस् त । तपाईंलाई लाहौर आएर कस्तो लाग्यो ? ’ उनले सोधे । भैंसीले ड्वाँ गरेपछि झन् उत्साहित हुँदै हाफीज क्यामरातिर हेर्छन् र भन्छन्, ‘लाहौर राम्रो लाग्यो । वाह वाह ।’
त्यसपछि उनी सोध्छन्, ‘भन्नुस् त, लाहौरको खाना राम्रो कि गाउँको ? ’ भद्र भैंसीले फेरि ड्वाँ गर्छ । यसबाट चरम उत्साहित भई हाफीज भन्छन्, ‘अँ, भन्छिन् लाहौरको खाना राम्रो छ ।’
यो भिडियो क्लिप पाकिस्तानी पत्रकार नायला इनायतले पोस्ट गरेकी हुन् । यसमा रमाइला कमेन्टहरू आएका छन् । यसअघि पनि हाफीजले यस्तै किसिमका उटपट्याङ अन्तर्वार्ता लिने गरेका थिए ।
Now what is Eid without Amin Hafeez interviewing cattle.. pic.twitter.com/5r2sfh5Ua7
— Naila Inayat (@nailainayat) July 21, 2021
























