हेटौडा – को’रोना विश्वभर फैलिएको छ, तर पीडा उसलाई छ जो दिनभरि मजदुर गरी खाने परिवारलाई । नत बैंकमा खाता छ, नत खातामा पैसा नै जे छ त्यो हो दिनभरिको काम अनि साझ माम ।
हुनत संसार भरि नै फैलिएको को’रोना भा’इरस कुनै मानिसले गरेको काम हैन तर पनि गरिबीको रुखमुनि बसेका हरुलाई त यतिबेला न म’र्न न बाँच्न भएको छ । कतिले त आ’त्मह’त्या पनि गरिसकेका छन् । अहिलेको यो महा’मारीले सबैलाई दुखी बनाएको छ तर पनि नीबेक गरी खाने परिवारलाई त झनै पी’डा दिएको छ यो को’रोनाले ।
नेपाल सरकारले अति विपन्न परिवारलाई राहत पनि वितरण गरेको थियो । तर पनि कति दिन सम्म पाल्छ र सरकारले ? एउटा यस्तै गरिबी परिवारकी एक महिला आमाको आँखामा आँ’सु आउँदा मन थाम्न सकेनन् प्रहरी बलका एक कर्मचारीले ।
हेटौडामा डिउटीमा रहेका प्रहरीको काम थियो खाद्यान्न बाहेकको पसल बन्द गराउने तर बाटोमा जाँदै गर्दा एउटी महिलाले सुपोमा निउरो बेच्दै गरेको देखेपछि उनलाई यहाँबाट हट्नुस भन्दा आँखाभरि आँ’सु लिँदै भनिन् अरु ठाउँमा बिक्दैन सर, यहाँ अलि अलि मान्छे आउँदा रहेछन्, यो नीउरो बिक्यो भने साझ घरमा चामल किनेर लानुपर्छ ।
हिजो दिनभरि सबै परिवार जंगलमा गएर खोजेर ल्याएको हो सर, घर पनि टाढा छ, यहाँबाट डेड घण्टा लाग्छ घर जान । यो आज बिकेन भने घरमा सबै भो’कै हुन्छन्।यति भनेपछि डिउटीमा खटिनु भएका प्रहरीको आवाज नै बन्द भो, उहाँ स्तब्ध हुनुभो के गर्ने डिउटीमा खटिएका प्रहरीले उहाँले त्यी महिलालाई त्यहाँबाट हटाउन सक्नु भएन ।
बिचरा त्यी महिलाको अनुहारमा निकै दुःखको आँ’सु आइरहेको थियो । यस्तो हाल भएको छ यहाँ हाम्रा नेपालीहरूको । सरकार को’रोना रोकथाम भन्दै बसेको छ। अनि ठूला बडालाई कुनै फरक परेको छैन, तर बिचरा यी महिलालाई कति पीडा परेको होला । त्यस्ता दुःख पाएका कति होलान् यहाँ अहिले समयमा । कोही छैन आज दुःखको सहारा ।
























