बच्चा जन्मेको कति समय पछि यौ’न सम्पर्क राख्नु उचित ? यस्तो छ डाक्टरको भनाई

एउटी महिला तब मात्र पूर्ण हुन्छिन्, जब उनी आमा बन्छिन् । अनेक दुःख क’ष्ट सहेर उनले परिवारलाई पूर्ण हुने खुशी पनि प्रदान गर्छिन् ।

भनिन्छ, आमा बनेपछि महिलाको शरीर स्वस्थ दुवै पहिले जस्तो हुँदैन । उनमा पहिलाको जस्तो यौन इच्छा पनि रहँदैन । तर, संसारभरी गरिएको अध्ययनले के बताउँछ भने आमा बनेको केही समयपछि महिलामा कामेच्छा स्वाभाविक रुप बढ्न थाल्छ ।

तर आमा बने पछि आफ्नो यौ’न जीवन बिग्रेको धेरै महिलाहरु बतायँछन् । कसै-कसैले त बच्चा जन्मेको एक वर्ष भैसक्दा समेत यौ’न सम्पर्क गर्दैनन् ।

श्रीमान्-श्रीमती मात्र हुँदा हरेक समय यौ’न सम्पर्कको लागि सहज वातावरण हुने भए  पनि बच्चाका कारण यौ’न सम्पर्कका लागि समय मिलाउनु पर्ने भएकाले पनि त्यस्तो असहज परिस्थिति सिर्जना हुन्छ ।

सुत्केरी अवस्था महिलाका लागि अत्यन्तै कष्टकर अवस्था हो । यो समयमा यौ’नांगका मांसपेशी तन्किने र च्यातिने हुन्छ । त्यसकारण सुत्केरी पश्चात् कम्तीमा पनि ३ महिनासम्म यौ’नसम्पर्क राख्नुहुँदैन ।

सामान्य अवस्थामा बच्चा जन्मिएको छ भने करीब ३ महिनापछि यौ’नसम्पर्क गर्न सकिन्छ । हर्मोन परिवर्तनका कारण सुत्केरी भएको ३ महिनापछि पनि महिलाले यौन सम्पर्कका लागि रुचि नदेखाउन पनि सक्छन् ।

त्यसकारण महिलाले यौ’नसम्पर्क गर्ने इच्छा नदेखाएसम्म हतार गर्नु हुँदैन । सामान्यतया बच्चा जन्मिएको करीब ४५ दिनसम्म रगत बग्ने हुन्छ । ६ महिनादेखि एक वर्षसम्म पनि महिनावारी नहुन सक्छ ।

बच्चा जन्मिएको ४५ दिन पछि महिनावारी नहुँदै यौ’नसम्पर्क भएको अवस्थामा भने गर्भ रहने सम्भावना धेरै हुन्छ । महिनावारी भएको छैन भन्दैमा ढुक्क भएर बस्नु भने हुँदैन ।

यदि तपाईले पहिलो बच्चा पछि दोस्रो बच्चा लामो समय पछि जन्माउन चाहनुहुन्न भने र पाठेघरको अवस्था राम्रो छ भने कपर टी (आईयुसिडी) प्रयोग गर्न सक्नुहुन्छ । आमा बनेपछि यौ’नसम्पर्कको लागि समय निकाल्न गाह्रो हुनु स्वभाविक नै हो ।

यो समयमा एउटी आमालाई आफ्ना सन्तानको हेरचाह बढि महत्वपूर्ण हुन्छ । त्यसैले यौन सम्पर्कप्रति रुची बढाउनका लागि प्रारम्भमा चुम्बन, प्रगाढ आलिङ्न जस्ता क्रियाकलापहरु गर्नु पर्छ ।

आमा बनेपछि महिलाको शरीर पहिला भन्दा फरक हुन्छ । आमा बनेपछि शरीर पहिले भन्दा मोटो हुनु स्वभाविक नै हुन्छ । यस्ता स्थितिमा आफ्नोशरीरप्रति चिन्ता गर्नु हुँदैन । यसले तपाईको यौ’न इच्छालाई घटाउने काम गर्छ ।

समय बित्दै जाँदा तपाईको शरीर आफ्नो आकारमा आउन थाल्छ । आफ्नो शरीर बच्चाको जन्मेसंगै परिवर्तन भएको कुरालाई स्वीकार गर्नु पर्छ, यसले तपाईको आत्मविश्वास बढ्छ ।

डा.मुकुन्दा शर्मा अनुसार महिलाले सुत्केरी समयमा आफ्नो लागि पनि केहि समय निकाल्नु पर्छ । यसको साथै धेरै भन्दा धेरै समय आराम गर्ने र कार्बोहाइड्रेट भएको र धेरै चिल्लो खानाहरु खानु हुँदैन । यसो गर्दा अनावश्यक तौल बढ्दैन र आफ्नो शरीर भद्दा पनि हुन पाउँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...