बेवारीसे शिशुलाई महिला प्रहरीले गराईन स्तनपान, दुनियाँका आँखा रसायो, को हुन ति महिला प्रहरी ?

एजेन्सि – सामाजिक सञ्जालमा निकै भाईरल सबैले रुचाएको तस्विर जहाँ एक महिला पहरीले स्तानपान गराईरहेकी छिन् ।

यो तस्विर देख्दा सायद जोकोहिको पनि आखा नरसाउला भन्न सकिन्न । यो तस्विरको सम्बन्धमा खोज अनुसन्धान गर्दै जादा अर्जिेन्टिनाको रहेको पुष्टि भएको छ ।

अर्जेन्टिनाकी एक महिला प्रहरीले अस्पतालमा बेवास्ता गरी छाडिएको शिशुलाई स्तनपान गराइरहेको तस्विर सार्वजनिक भए पछि उनको त्यो महान कार्यले गर्दा उनलाई बढुवा समेत गरिएको छ ।

स्तनपान गराइरहँदा सिलिसटे अयाला प्रहरी पोशाकमा ड्युटीमा खटिरहेकी थिइन् । अर्जेन्टिनाको प्रहरीले बुइनोस एरिस क्षेत्रमा ला पाल्टाबाट छ जना शिशुहरुको उद्धार गरेका थिए ।

उक्त प्रहरी समूहमा रहेकी सिलिसटे अयाला पनि रहेकी थिइन् । उद्दार गरिएका मध्य सबै भन्दा सानो सात महिनाको एक बालक धेरै रोए पछि

अस्पतालको अनुमति लिएर उनले सो बच्चालाई स्तनपान गराएकी थिइन् । सिलिसटेको १६ महिने छोरी रहेको छ। सिलिसटेले एक स्थानिय संचारमाध्यमलार्इ भनिन्

‘मैले कुनै संकोच बिना सो बच्चालाई स्तनपान गराए र उ शान्त भयो।’ सिलिसटेको तस्विर उनकै सहकर्मी मार्कोस हेरेडियाले फेसबुकमा पोस्ट गरेका थिए ।

तस्विर पोस्ट भए लगत्तै भाइरल हुन पुग्यो र सिलिसटेले देखाएको ममता समाचारका हेडलाइन बन्न पुगेको थियो । बुइनोस एरिस

प्रान्तका सुरक्षा मन्त्री क्रिस्टियान रिटोन्डोले सिलिसटेलाई भेटेर उनी सर्जेन्ट पदमा बढुवा भएको जानकारी दिएका थिए ।

रिटोन्डोलेले सिलिसटेले देखाएको ममताको कदर गरेको र त्यस्तै अर्जेन्टिनालाई यस्तै प्रहरी प्रशासन चाहेको प्रतिक्रिया दिएका छन् ।

यो पनि पढनुहोस : एक जना अमेरिकि अर्वपतिले एक शब्द बिर्सिका कारण उनले ३१ अर्ब रुपैया गुमाएको छ । उनले कम्प्युटर प्रोग्रामरको एउटा शब्द बिर्सिएको हो ।

न्यूयोक टाईम्सले गरेको खबर संप्रेसनको अनुसार उनले त्यो शब्द सम्झिन सके तत्काले गुमाएको सबै पैसा फिर्ता हुने तर नसकिएमा उनको सबै पैसा स्वाहा हुने बताइएको छ ।

अमेरिकाको सन फ्रान्सिस्कोका स्टिफन थोमसले पासवर्ड बिर्सिएपछि उनको निन्द हराम भएको छ । पासवर्ड विना उनले डिजिटल पर्स खोल्न असक्षम भईरहेका थोमसले पासवर्ड सम्झिना सके उनी अर्बपति बन्नेछ र हाल गुमाईरहेको उनको ३१ अर्ब रुपैया फिर्ता पाउने न्योर्क टाईम्सले लेखेको हो ।

स्टिफनले वर्षौं पहिले क्रिप्टोकरेन्सी बिटक्वाइन किनेका थिए । यो बिटक्वाइन उनको डिजिटल वालेटमा छ जसको पासवर्ड उनले बिर्सिएका छन् । अहिले १ बिटक्वाइनको मूल्य ३७ हजार ५३० डलर छ ।

उनको डिजिटल वालेटमा कूल ७ हजार २ बिटक्वाइन छ जसको मूल्य करिब २६ करोड २८ लाख डलर हुन आउँछ । यसको नेपाली मुद्रा करिब ३१ अर्ब रुपैयाँ हुन आउँछ ।

स्टिफनले किन्दा बिटक्वाइनको मूल्य यति धेरै थिएन तर अहिलेसम्म यसको मूल्य अरबौं पुगेको छ । स्टिफनले बिटक्वाइन किनेर आइरनको पासवर्ड एउटा कागजमा लेखेर राखेका थिए ।

कुनै समय बिटक्वाइनको मूल्य धराशायी भएको थियो त्यसैले स्टिफनलाई यसप्रति चासो रहेन । कागज पनि हरायो । आइरन नामको सानो हार्ड ड्राइभ खोल्न चाहिने पासवर्ड स्टिफनले बिर्सिइसकेका छन् ।

आइरनभित्र अर्को एउटा डिजिटल साँचो छ जसलाई प्राइभेट की भनिन्छ । यो प्राइभेट कीले मात्र उनको डिजिटल पर्स खोल्न सकिन्छ जसमा बिटक्वाइन राखिएको छ ।

हाल उनको अर्वौ रकम संख्यामा मात्रा सिमित रहन पुगेको छ किनकी उसले यसको प्रयोग गर्न सकिरहेको छैन ।

बिटक्वाईनको मुल्या आकाशियसँगै स्टिफनलाई आफ्नो डिजिटल धन याद आयो तर पासवर्ड बिर्सिएको हुदा उनले त्यसलाई हासिल गर्न सकिरहेको छैन । उनलाई समस्या यसकारण पनि छन् कि उनले १० पटक मात्रै पासवर्ड प्रयोग गर्न सक्छन् ।

हर समय उनले पासवर्ड सझिने प्रयास गर्दै ८ चोटि आईरन खोल्न प्रयास गरे तर उनी सफल हुन सकिरहेको छैन । अब उनले २ पटक मात्रै गलत पासवर्ड राखेर आईरन खोल्न प्रयास मात्रै गरेपनि उनको वालेट सदाको लागि बन्द हुनेछ । अब उनीसँग मात्रा २ चोटि मौका बाँकी छ ।

अब उनले २ पटक गलत पासवर्ड राखेर वालेट खोल्ने प्रयास गरे भने उनको पैसा कहिल्यै फर्किन नसक्ने गरी स्वाहा हुनेछ । बिटक्वाइनको कुनै नियामक संख्या छैन ।

न कुनै कम्पनीको नियन्त्रण छ । यो मुद्रा बनाउने व्यक्तिको नाम सातोसी नाकामोतो भनिन्छ तर उनी को हुन् र उनको वास्तविक नाम यही हो वा होइन भन्ने पनि कसैलाई थाहा छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...