बेहुलीले बेहुलालाई मण्डप मै छोडेर जागिरको अन्तरवार्ता दिन गएपछि….

एजेन्सि –

सबैको चाहेको जागिर त्यो पनि सरकारी जागिर भनेपछि जे गर्न समेत पछि नहटने गर्छन् । फेहि त्यहि दिन नयाँ जिवनको सुरुवात अर्थात विवाह परेकै दिन सोच्नुहोस त के गरे होला ।

स्थाई जागिर अर्थात सरकारी स्थाई शिक्षाको लागि विज्ञापन खुलेको थियो । विज्ञापन खुलेसँगै उनले पनि आवेदन भरेकी थिईन् ।

संजोक यस्तो पर्यो कि अन्तरवार्ता र अन्य प्रकृयाको काम विवाहकै दिन तय भयो भारत रामनगर, गोंडाको बाराबंकी निवासी प्रज्ञा तिवारीले हातमा मेहंदी लगाएकी थिइन् ।

उनको कपाल पनि वेहुली झै सजिएको थियो । तर उनी जागिरको लागि फारामको तयारी गरिरहेकी थिइन् । प्रज्ञाको सोही दिन विवाह भएको थियो ।

उनी विवाहकै दिन विहान पतिलाई मण्डपमै छोडेर गाण्डा बीएसए अफिसको लागि प्रस्थान गरिन् । परामर्श मिति तय भएका कारण

उनले विवाहका धेरै रित छोडिन् । उनले पतिसंग ७ फेरा लिइन् अनि बेहुलालाई मण्डपमा छोडेर कागजात बोकेर हिडिन् ।

प्रज्ञा अन्तरवार्ता र अन्य प्रकृयाका लागि लाइनमा बसीन् र उनका कागजातहरू जाँच गरी रसिद लिइन् । प्रज्ञाको अनुहारमा दोहोरो खुशी देखिन्थ्यो ।

प्रज्ञा भन्छिन् कि उनीलाई विवाह भन्दा उनको भविष्यको महत्व ठूलो लाग्छ । त्यसैले उनी आफ्नो दुलहालाई मंडपमा उनको प्रतिक्षामा छोडेर कामको खोजिमा आइन् ।

विवाहको बाँकी कामको लागि घरमा सबै जना पर्खिरहेका छन् । जब दुलही, प्रज्ञा फर्केर आइन् बाँकी विवाहको काम पुरा भयो ।

प्रज्ञा विश्वास गर्छिन् कि उनको दुलहा उनको लागि धेरै भाग्यवान छन् कि उनले फेन्डलीको जीवनमा आएपछि मात्र जागिर पाइन् ।

उनले आफ्नो यो उदाहरण अन्य अभिभावका लागि पनि भएको बताइन् । उनले भनिन्, सबै अभिभावकले आफ्नो छोरीको भविष्यलाई महत्व दिउन् ।

आफुलाई सहयोग गरेकोमा उनी आफ्ना बुवाआमा प्रति निकै नतमस्तक छन् । आधारभूत शिक्षा अधिकारीले पनि प्रज्ञालाई बधाई दिँदै विवाहको दिनमै भएको अन्तरवार्तामा उनी सफल भएको बताए ।

प्रज्ञा सरकारी जागिर निश्चित भए पछि श्रीमान् को घर बाराबन्की गइन् । प्रज्ञालाई आधारभूत शिक्षा विभाग, गोंडामा शिक्षकको रूपमा नियुक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...