टिकटकद्वारा तीन महिनामा ७३ लाख प्रयोगकर्ता निलम्बित

टिकटकले टिकटकको युजर्सहरुमाथि क’डा कदम चालेको छ । टिकटकले यो वर्षको पहिलो तीन महिनामा झन्डै ७३ लाख प्रयोगकर्ताको अकाउन्ट निल’म्बन गरेको छ ।


उमेर नपुगेका बालबालिकाले चलाइरहेको आशङ्का गरिएका अकाउन्टहरू निल’म्बन गरिएका हुन् । टिकटकले निल’म्बित अकाउन्टहरू कुल प्रयोगकर्ताको एक प्रतिशतभन्दा कम रहेको बताएको छ ।

किशोर किशोरीमाझ चर्चित टिकटक १३ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिले मात्रै चलाउन पाउने नियम छ । टिकटकले निल’म्बित अकाउन्टका बारेमा पहिलो पटक आफ्नो समुदाय निर्देशिका प्रतिवेदनमा सार्वजनिक गरेको हो ।


यस्तो जानकारीले प्रयोगकर्ताको सुरक्षाका विषयमा पारदर्शिता र उत्तरदायित्व वहन गरेर अगाडि बढ्न सामाजिक सञ्जाल उद्योगलाई सहयोग हुने अपेक्षा गरेको टिकटकले बताएको छ।


कम्पनिको नियम उंलघन गरेको भन्दै टिकटकले ६,१९,५१,३२७ भिडिओहरू हटाइएका छन् । यस्तै ८२ प्रतिशत भिडिओ अरूले हेर्नुभन्दा पहिले, ९१ प्रतिशत कुनै पनि प्रयोगकर्ताले गुनासो गर्नुभन्दा पहिले र ९३ प्रतिशत प्रकाशित भएको २४ घण्टाभित्रै हटाइएका जानकारी दिइएको हो ।


यस्तै विज्ञापन नीति र निर्देशिका पालना नगरेका १,९२,९०० विज्ञापनहरू अस्वी’कृत गरिएका छन् कुल १,११,४५,५१४ अकाउन्टहरू निर्देशिका र प्रयोगका सर्तहरू पालना नगरेका कारण हटाइएका छन्

टिकटकले किशोर किशोरीलाई सुरक्षित राख्न १६ वर्ष नपुगेका प्रयोगकर्ताहरूलाई सन्देश आदानप्रदान र प्रत्यक्ष भिडिओ प्रसारण गर्ने सुविधा नदिएको बताएको छ।


बालबालिकालाई सुरक्षित राख्न हामीले गरिरहेका कामहरू सार्वजनिक गर्न यो प्रतिवेदनमा कम उमेरका व्यक्तिहरूको हटाइएको अकाउन्ट सङ्ख्या राखेका हौँ,ू टिकटकका सुरक्षा र विश्वास प्रमुख कोर्म्याक कीननले बताए ।

उक्त चिनियाँ एप किशोर किशोरीमाझ चर्चित भए पनि हालै यसमा कम उमेरका बालबालिका बढ्न थालेको भन्दै चि न्ता व्यक्त गरिएको छ । गत वर्ष न्यु योर्क टाइम्सले प्राप्त गरेको तथ्याङ्कमा एक चौथाइ अमेरिकी प्रयोगकर्ताहरू १४ वर्ष वा कम उमेरका रहेको देखिएको थियो ।


टिकटकको एउटा चुनौती भनेको उमेर पुष्टि गर्ने यसको तरिका अन्य सामाजिक सञ्जालभन्दा फरक छैन, टिकटक बुमका लेखक क्रिस स्टोकेल (वाकरले भने । दशकौँदेखि गलत जन्म मिति लेखेर र आफू उमेर पुगेको बताएर उमेर पुष्टिको नियमलाई तोड्न सकिन्छ।


टिकटकसँग भएको प्रविधिले सायद यसले राम्रैसँग कम उमेरका प्रयोगकर्ताहरू चिन्न सक्छ तर त्यो प्रयोग गर्नका लागि यसले प्रयोगकर्तासँग माग्नुपर्ने अनुमतिले उनीहरूलाई अ सहज तुल्याउन सक्छ ।

टिकटकलाई यूकेमा बालबालिकाको तथ्याङ्क सङ्कलन र प्रयोगका बारेमा मुद्दा दायर गर्न लागिएको छ । ज्यानुअरीमा इटलीको निकायले एक १० वर्षीया बालिकाको मृत्यु भएपछि टिकटकलाई बालबालिकाको अकाउन्ट ब न्द गर्न आदेश दिएको थियो । बिबिसि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...