काठमाडौं – एक ७५ बर्षिय बृद्धले करोडौ मुल्य बराबरको घरमा आगो लगाई दिइएको छ । कारण सुन्दा भने हामी जो कोहिलाई चकित तुल्याउने खालको रहेको छ ।
डेलीमेलका अनुसार ति ७५ बर्षिय वृद्धले डिभोर्सपछि श्रीमतीलाई अंश दिन नपरोस् भनेर आफ्नो करोडौं मूल्यको घरमा आगो लगाएका छन् । जुन घरको मुल्य जल्नुअघि ५ लाख ५० हजार पाउण्ड अर्थात नेपाली ९ करोड रुपैयाँ थियो ।
यसरी घरमा प्रोपेन ग्यासका सिलिण्डरलाई ब्लोटर्चबाट आगो लगाईसकेपछि ति वृद्धले दमकल विभागलाई फोन पनि गरेनन् । आगो लगाएपछि उनी आरामले कुर्सीमा बसे र फेरि मदिरा पिउनथाले । छिमेकीहरु जम्मा भएपछि उनले आफ्नो घर जलिरहेको आफूले हेरिरहेको बताएका थिए ।
यतिसम्म कि घरमा आयो लागेपछि त्यसको क्षतिपूर्ति बिमा कम्पनीले पनि नदेओस् भनेर ती व्यक्तिले बिमा शुल्क नै बुझाएका थिएनन् । बेलायतका यी व्यक्तिको यो पूरै षड्यन्त्रको खुलासा एक्सेटर क्राउन कोर्टमा सुनुवाइको क्रममा भयो ।
पुलिस र दमकल विभागले अदालतलाई यो आगो आकस्मिक नभइ जानीजानी लगाइएको बताए । जाँचकर्ताहरुले ७५ वर्षका जोन म्याक्केरीलाई आगो लगाएकोमा दोषी बताउँदै उनी एक्सेटर नजिकै केनफोर्डमा रहेको आफ्नो घरको हुन लागेको लिलामीबाट असन्तुष्ट रहेको बताए ।
डेलीमेलका अनुसार यो घरमा जोन म्याक्करी र उनकी पत्नी हिलारी २० वर्षसम्म साथमा बसेका थिए । जोनले आगो लगाउनुभन्दा पहिले निकै मदिरा पिएका थिए । जाँचकर्ताहरुका अनुसार घरमा १७ जूनमा आगो लगाइएको थियो जबकि त्यसको ३ दिनपछि यो घर ५ लाख ५० हजार पाउण्डमा बेचिँदै थियो ।
तर, आगो लागेपछि यो घर यति खराब भयो कि यसको मूल्य घटेर ३ लाख २० हजार पाउण्डमा बेचियो । अदालतमा बताइएअनुसार आगो लगाउनुभन्दा पहिले जोनले श्रीमतीलाई घरभित्रका सामान निकाल्न पनि दिएका थिएनन् । जोनले आफूमाथि लागेको आरोप स्वीकार गरेका छन् ।
























