अहिले बिरलै दम्पती होलान्, जसको फेसबुक एकाउन्ट छैन । हुन त फेसबुक एकाउन्ट हुनैपर्छ भन्ने जरुरी छैन । यद्यपी सूचना प्रविधिको युगमा साथीसँग स’म्पर्क बनाइराख्न, आफ्नो कुरा शेयर गर्न, नयाँ जानकारीमा अपडेट हुन फेसबुकको उपयोगिता बढ्दो छ ।
प्रयोग गर्न जाने, फेसबुक एकाउन्ट हुनुको फाइदै फाइदा छ । कतिले यसबाट आफ्नो व्यपार प्रवर्द्धन गर्न सक्छन् । कतिले आफ्नो कला प्रस्तुत गर्न सक्छन् । तर, फेसबुक दुरुपयोग हुने संभावना उत्तिकै हुन्छ र धेरैले गर्छन् पनि । फेसबुकमा लम्पट हुने, गल’त ढंगले प्रयोग गर्ने, ब्ल्या’कमेलि’ङ गर्ने जस्ता प्रवृत्तिसँगै फेसबुकको माध्यामबाट अप’राधज’न्य घटनाहरु पनि बढिरहेका छन् ।
यसले कतिलाई मानसिक रोगी बनाएका छन् भने कतिलाई आ’त्माहत्या गर्ने अवस्थामा पुर्याएका छन् ।
किन हुन्छ क’लह : कतिको दाम्पत्य सम्बन्धमा तगारो बनेको छ, फेसबुक । फेसबुकको नि’हुँमा अविश्वास मात्र पैदा भएको छैन, म’नमु’टाव झैझग’डा समेत हुने गरेको छ । कति दाम्पत्य सम्बन्ध टु’ट्नुमा फेसबुक नै कारक तत्वको रुपमा देखा परेको छ । फेसबुकको सहज पहुँचले बिवाहेत्तर सम्बन्ध बढ्ने, दम्पतीबीच मनमु’टाव हुने प्रवृत्ति पनि सतहमा देखिन थालिएको छ । फेसबुकमा गरिने कतिपय यस्ता गल्ती छन्, जसले दाम्पत्य सम्बन्ध धरापमा पार्न सक्छ ।
पासवर्ड शेयर : अहिल पती-पत्नीमा झ’गडाको ज’ल्दोब’ल्दो निहुँ भनेको पासवर्ड हो । पासवर्ड शेयर गर्ने कि नगर्ने भन्ने बिषयले पती-पत्नीमा अविश्वास र मनमुटाव पैदा गर्ने गरेको छ । पासवर्ड शेयर गर्न कतिलाई गाह्रो लाग्दैन । पती पत्नीले हरेक कुरा साझेदार गर्नुपर्छ मान्यताले पनि उनीहरु फेसबुकमा पासवर्ड लुकाउन खोज्दैनन् । तर, कतिले आफ्नो प्राइभेसीको कुरा गर्छन् ।
पासवर्ड शेयर गर्नैपर्छ भन्ने उनीहरु ठान्दैनन् । दम्पती भनेको विश्वासको बन्धन पनि हो । यस हिसाबले हेर्ने हो भने फेसबुकको पासवर्ड शेयर गर्नुपर्छ भन्ने जरुरी पनि छैन । खासमा पासवर्ड शेयर गर्ने वा नगर्ने भन्दा पनि दुबैले एकअर्कामा गर्ने व्यवहार कति विश्वसनिय छ भन्ने कुरा महत्वपूर्ण हो ।
पार्टनरको साथीलाई फ्रेन्ड रिक्वेस्ट पठाउनु : त्यसो त फेसबुक साथी सर्कल बनाउने, नियमित सम्पर्क कायम राख्ने माध्याम हो । तर, साथी कसलाई बनाउने ? यसमा सोच्नुपर्छ । फेसबुकमा साथी बनाउनुको निश्चित उदेश्य हुन्छ । र, सबै साथी चिनेकै हुनुपर्छ भन्ने पनि छैन । तर, गलत मनासयले कसैलाई साथी बनाइन्छ भने त्यसले राम्रो नतिजा दिदैन । यदि आफ्नो पती वा पत्नीको साथी, जो अपरिचित छन्, उनीहरुलाई फ्रेन्ड रिक्वेस्ट पठाउँदा आफ्नो पार्टनरले गलत रुपमा बुझ्न सक्छन् । यसले कलह निम्त्याउँछ ।
निजी कुराहरु पोस्ट गर्ने : फेसबुकमा नितान्त व्यक्तिगत कुराहरु शेयर गर्नु राम्रो मानिदैन । तर, कतिपयले आवेगमा वा अज्ञानताबस् नितान्त व्यक्तिगत कुराहरु पोस्ट गर्छन् । यसले उनीहरुको पारिवारिक छवि राम्रो हुँदैन । समाजमा नपच्ने स्टाटस लेख्ने, त्यस्तै फोटो राख्ने जस्ता कुराले पती-पत्नीमा झ’गडा निम्त्याउँछ । यसमा एकले अर्कालाई सम्झाउने हुदा एक अर्काको भावनामा फरकपन आउन सक्छ र झगडा चर्किने हुन सक्छ । के कुरा लेखेर अफ्ठ्यारो महसुस भए शान्त भइ एकआपसमा छलफल गर्नु राम्रो हुन्छ ।
फे’क आइडी बनाउने : फेक एकाउन्ट बनाउने प्रवृत्तिले पती-पत्नीमा फाटो ल्याउँछ । यसले एकअर्काप्रति अविश्वास बढ्छ । वास्तवमा फे’क आइडी बनाउनु राम्रो काम होइन । हुन त मनोरञ्जनका लागि पनि कतिले फे’क आइडी बनाएका हुन सक्छन् । तर, यसले राम्रो संकेत गर्दैन ।
रिलेसनसिप स्टाटस लुकाउने : फेसबुकमा बिवाहित भएर पनि कतिले अबिवाहित वा रिलेसनसिप स्टाटसमा त्यो कुरा लुकाएका हुन्छन् । यसले आफ्नो पार्टनरको मनमा नराम्रो छाप पर्न जान्छ । साथै तपाई स्वंम झु’टो हुनुहुन्छ भन्ने कुरा पनि सावित हुनेछ । त्यसैले बिवाह गरिसकेपछि आफ्नो रिलेसनसिप स्टाटस खुलाउनु पर्छ ।
























