काठमाँडौ – निन्द्रका समयमा पटक पटक निन्द्राबाट ब्युँझिरहेन मानिसहरु डि मेन्सि याको विकास हुने र चाँडै मृ त्यु हुन सक्ने जो खिम बढेको एक अध्ययनले पत्ता लगाएको छ ।
निद्रामा समस्या हुने, पटक–पटक राति निद्राबाट ब्युँझिरहने वृद्धहरूमा डि मेन्सि या विकास हुने वा कुनै पनि कारणबाट चाँडै म र्ने जो खिम उच्च हुने स्लिप रिसर्च जर्नलमा प्रकाशित लेखमा भनिएको छ ।
हार्वर्ड मेडिकल स्कुल मेडिसिनका निर्देशक, निद्रा विज्ञ रेबेका रबिन्सका अनुसार अध्ययनको नतिजाले सबै कारण मृ त्युदरको जो खिम कम गर्नका लागि हरेक रातको निद्राले महत्त्वपूर्ण भूमिका खेल्छ ।
धेरै रात निदाउन समस्या भोग्ने मानिसहरूलाई कुनै पनि कारणबाट प्रारम्भिक मृ त्युको खतरा ४४ प्रतिशतले बढेको अध्ययनले देखाएको छ । त्यस्तै, प्रायः रातमा ब्युँझने र सुत्न सङ्घर्ष गरिरहेका मानिसमा मृ त्युको जो खिम ५६ प्रतिशत बढी हुने हुन्छ ।
नियमित सुत्न गाह्रो हुने मानिसमा डिमेन्सियाको जोखिम ४९ प्रतिशत र रातमा ब्युँझने र सुत्न सङ्घर्ष गरिरहेका मानिसमा डि मेन्सि याको जोखिम ३९ प्रतिशतले बढेको अध्ययनले देखाएको छ ।
वल्र्ड स्लिप सोसाइटीका अनुसार निद्राको अभा वले विश्वको ४५ प्रतिशत जनसङ्ख्याको स्वास्थ्यलाई जो खिममा पु¥याइरहेको छ । निद्रामा सम स्या भएमा मधुमेह, स्ट्रोक, हृदय रो गसहित विभिन्न रो गको जो खिम उच्च हुन्छ । उमेरको आधारमा प्रत्येक रात सातदेखि १० घण्टाको निद्रा पाउनु पर्ने हुन्छ । (सिएनएन)
























