के कपाल झरेर हैरान हुनुहुन्छ ? यस्ता छन् रोक्ने उपायहरु

काठमाडौँ – कपाल झरेपछि सबैले पाउने एउटै उपनाम हो तालु खुईली,खुईली । कपाल झरेसँगै मानिसहरुको करिअरमा नै धक्का लाग्ने गरेको छ । कतिपयले तालु खुईलिनुलाई बृद्धि र विवेकसँग दाच्ने गरिन्छ तर बास्तावमा भने यो होईना ।

हाम्रो शिरमा कपालमा भएका १ लाख रेसामध्ये एक दिनमा ५० देखि १०० रेसा टुट्नु सामान्य मानिन्छ । तर, यो भन्दा अधिक कपाल झरेमा भने तालु खुइले हुने सम्भावना उच्च भएर जान्छ । यसका लागि केही उपायहरु लगाउनु आवश्यक पर्छ ।

यसमा विभिन्न खाले पर्यावरणीय प्रभाव, बढ्दो उमेर, अधिक तनाव, अत्याधिक धुम्रपान, पोषक तत्वको कमी, हर्मोनल असन्तुलन, आनुबांशिक कारक, टाउकोमा संक्रमण तथा गलत रसायनको प्रयोग जस्ता कारण कपाल झर्न सक्छन् । आइरनको कमी, पुरानो रोग, थाइराइड विकार जस्ता अन्य धेरै कारण पनि हुनसक्छन् ।

तालु खुइलिनु पनि एउटा रो’ग नै हो । खासमा तालु २ प्रकारले खुइलिन्छ । सिकाट्राइसियल र नन-सिकाट्राइसियल । सिकाट्राइसियलमा जन्मजात सम’स्या, सुन्निएको अवस्था, कोठी, चो’टपटक वा क्या’न्सरका कारण तालु खुइलिने हुन्छ ।

त्यस्तै नन-सिकाट्राइसियलमा कहिलेकाहि सानो भाग मात्र खुइलिन्छ भने कहिले पूरा भाग नै । खुइरे भनिने सानो भाग खुइलिने रो’ग वंशाणुगत गुण, मानसिक रोग वा ढुसी संक्रमणका कारण देखिन्छ । त्यस्तै पूरा भाग चाहिँ एलोपेसिया युनिभरसालिसका कारण खुइलिने हुन्छ । पूरा भाग खुइलिएपछि रौंका जरा नष्ट हुन्छन् ।

जसको कारण कपाल पलाउन सक्दैन र तालु चिल्लो देखिन्छ । नन सिकाट्राइसियल रोगमा रौंका जरा हुने भएकाले पुनः पलाउन सक्छन् । कपाल समयपूर्व नै झर्नु आजकाल सबैभन्दा ठूलो स्वास्थ्य सम्बन्धमध्येको एक हो । कपाल झर्नुका पछाडि धेरै कारण हुनसक्छ जसमा रोग र बंशानुगतका साथै खानपिन पनि समावेश छन् ।


के खानाका कारण झर्छन् कपाल ?
पिज्जाः यो खाँदा रगतमा चीनिको मात्रा बढ्छ । यसले हेयर फोलिकललाई खुम्च्याउँछ र कपाल धेरै झर्ने गर्दछ ।
फ्रेन्च फ्राइः यसमा धेरै तेल र ट्रान्सफ्याट हुन्छ जसले कपालको जरालाई पोषण पाउन दिँदैन ।
मिठाईः यसले ब्लड सुगर लेभल बढ्छ जसले हेयर फोलिकल्स खुम्चिने गर्दछ र कपाल झर्ने गर्दछ ।

कार्बोनेटेड ड्रिङ्क्सः सोडा, कोलाजस्ता ड्रिङ्क्समा अत्यधिक चीनि र एसिडिक क्वालिटी हुन्छ। यसले कपाल धेरै झर्छ ।
र क्सीः यो पिउँदा शरिरमा जिंकको शेचन स्लो हुन्छ जसले कपाल अत्यधिक झर्छ ।
पेस्ट्रीज र केकः यसमा हुने मैदा र चीनिले एन्ड्रोजन हर्मोनको स्तर बढाउँछ। यसले तीब्र रुपमा कपाल झर्छ ।

तारेका खानेकुराः यसमा अत्यधिक तेल हुन्छ जसले टाउकोको कपालको प्वाल बन्द हुन्छ जसका कारण कपाल तीब्र रुपमा झर्ने गर्दछ ।
रिफाइन्ड फूडः सेतो पाउरोटी, पास्ताजस्ता खानामा पाइने स्टार्च चीनीमा परिवर्तन हुन्छ जसले कपाल पातलो हुन थाल्छ ।
आलूः यसमा स्टार्चको मात्रा अत्यधिक हुन्छ जसले इन्सुलिनको स्तरलाई बढाउँछ र कपाल धेरै झर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...