साइकल कुदाएर १५ मिनेटमा चिया पुर्‍याइदा युवकले पाए यति महंगो पुरस्कार

एजेन्सि – भारतमा खाना डेलीभरी गर्ने एक युवले साइकल कुदाएर १५ मिनेटमै चिया अर्डर गरेका सम्बन्धित ग्राहककहाँ चिया पुर्याइ दिए वापत निकै महंगो उपहार पाएका छन् । ती डेलिभरी ब्वायले १ लाख २० हजार रुपैयाँ मूल्य पर्ने पुरस्कार पाए ।


समाचार एजेन्सी एएनआइसँग कुरा गर्दै रबिनले भने अफिसको समय सुरु भईसकेको हुदा आफुले जोम्याटोबाट चिया मगाएको थिएँ । एपमा मैले मेरो लागि चिया लिएर हिँडेका मोहमद अकिल नामका डेलीभरी ब्वाय त्यतिबेला मेहदीपटनममा भएको देखें ।

भारतको हैदराबादको कोटीमा बसी घरैबाट आईटि क्षेत्रमा काम गर्दै आएका मुकेशले अघिल्लो सोमबार बिहान १० बजेतिर जोम्याटोबाट चिया अर्डर गरेका थिए । बाहिर पानी परिरहेको थियो । उनले चिया मगाए र त्यसको १५ मिनेटभित्रै मलाई डेलीभरी ब्वायको फोन आयो । मोहम्मद अकिल नामका यी व्यक्तिले मलाई अर्डर लिन तल बोलाए ।’


उनले ति डेलीभर ब्वाय निकै भिजेको देखेको थिए । आश्चार्यको कुरा त के छ भने त्यति धेरै पानी परिरहेको बेलामा पनि उनी यति टाढा सम्म केबल १५ मिनेटमा चियाको अर्डर लिएर आएको थिए । रबिनले उनीसँग साइकलमा यति छिटो कसरी डेलिभरी गर्न सक्यौ भनेर सोधेका थिए ।


रविनले सोधेको प्रश्नको जवाफ दिदै अकिलले विगत १ बर्षदेखि आफु यसरी नै साईकलमा डेलीभरि गर्दै आएका बताए । उनी अहिले इन्जिनियरीङ पढदै आएको बताए ।


अकिलका पिता चप्पल बनाउने काम गर्छन् र महामारीका कारण उनको काम बन्द भएको छ । यही कारण २१ वर्षका अकिल घरको जिम्मेवारी पूरा गर्न काममा निस्किएका थिए । अकिलका अनुसार जस्तोसुकै मौसममा उनी दैनिक ८० किलोमिटर यात्रा गर्छन् । उनले दैनिक २० अर्डर डेलीभरी गर्छन् ।

अकिलको मेहनतबाट प्रभावित रबिनले उनलाई सहयोग गर्ने सोच बनाए । अकिललाई सोधेर उनको फोटो लिए । रबिनले त्यसपछि एक फुट एण्ड ट्राभल फेसबुक पेजमा अकिलको तस्वीरसहित उनको कथा पोस्ट गरे । यो पोस्ट निकै भाइरल भयो र रबिनलाई म्यासेज आउन थाले ।


धेरैले अकिललाई सहयोग गर्ने इच्छा जनाए । रबिनले अकिलसँग यसबारेमा सोध्दा अकिलले मोटरसाइकल भए आफूलाई डेलीभरी गर्न निकै सजिलो हुने बताए । त्यसपछि रबिनले अकिलको लागि पैसा उठाउन सुरु गरे । केही दिनमै अकिलको लागि ७३ हजार रुपैयाँ जम्मा भयो ।


अमेरिकामा बस्ने एउटी महिलाले एक्लै ३० हजार दिएकी थिइन् । पोस्ट निकै भाइरल भइरहेको थियो र त्यसमा सहयोग आइरहेको थियो त्यसैले पनि त्यसलाई बन्द गरियो ।

अकिलका लागि त्यतिबेलासम्म जम्मा भएको पैसाले टिभिएस एक्सएल मोटरसाइकल किनियो । यसका अलावा कोरोनाकालको लागि आवश्यक सामानहरु मास्क, सेनिटाइजर, हेल्मेट लगायत पनि उपलब्ध गराइयो । सबै गरेर बाँकी रहेको ५ हजार रुपैयाँ उनको कलेजको शुल्कको लागि प्रयोग गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...