युक्रेनका एक जोडीले दुईबीचको विश्वास र प्रेमलाई थप फक्राउन भनेर हथकडी लगाएका थिए । आखिर सम्बन्ध बि’ग्रिस’केको छ र मन टुटि’सके’को छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ भन्ने उदाहरण पेश भएको छ ।
घरमा दिनदिनै हुने ठाक’ठु’कलाई सा’म्य पारेर सम्बन्ध सुधार गर्नका लागि १२३ दिनसम्म आफूले आफैँलाई ह’तक’डी लगाएका थिए । उनीहरु घुम्दा होस् या खाँदा अथवा बाथरुम नै जाँदा पनि सँगै जान्थे ।
यसरी उनीहरुको प्रेम सम्बन्धलाई परिक्षणको क्रियाकलापलाई विश्वभरका मानिसहरुले रुचिको साथ हेरिरहेको थिए । तर अन्ततः उनीहरुको सम्बन्धले लामो समय सम्म यात्रा गर्न पाईएन र अन्तत १२३ दिनसम्म हथकडी लगाएका उनीहरु छुट्टिएका छन् ।
३३ वर्षका अलेक्जेन्डर कुडले र २८ वर्षकी भिक्टोरिया पुस्तोभिटोभाले गत भ्यालेन्टाइन डे बाट एक अर्कासँग छुट्टिनै नमिल्ने गरी गत फेब्रुअरी १४ प्रेम दिवसका दिन ह’थक’डी लगाएका थिए ।
ह’थक’डी लगाउने योजना भिक्टोरियाको थियो । दुईजनाको हातमा एउटा ह’तक’डी लगाएका थिए । हरपल सँगै जोडिएर बस्दा एकले अर्कोलाई बुझ्ने, माया बढ्ने र झ’गडा कम भएर दाम्पत्य सम्बन्ध दीगो हुने उनीहरुको अपेक्षा थियो । तर सोचे जस्तो भएन ।
अन्ततः उनीहरुले युक्रेनको राष्ट्रिय टेलिभिजनमा प्रसारित एक कार्यक्रमबाटै १२३ दिनसम्म बाँधेको ह’तक’डी फुकाउँदै आफूहरुको सम्बन्ध वि’च्छे’दको घोषणा गरे । साथै सम्बन्ध सुधार्ने भनेर दुई जनालाई सँगै साङ्लोमा बाँध्ने उक्त प्रयोगले उल्टै अस’हज सत्यको उजागर गरेको उनीहरुको भनाइ छ ।
उनीहरुले १२३ दिनको हतकडी अनुभवलाई व्यापक रुपमा सोसल मिडियामा सेयर गरिरहेका थिए । ह’तक’डीमा बाँधिएका उनीहरुले यस बीचमा पसल जाने देखि चुरोट पिउनेसम्म अनि बाथरुम जानेदेखि नुहाउने सम्मका सबै कामहरु सँगै गरे ।
अन्तिम सम्म प्रयास गर्दापनि उनीहरुको प्रयास असफल भएर डि’भो’र्स गर्ने निर्णयमा पुगेको थिए । यसरी असफल भएपनि डि’भो’र्सबाट उक्त जोडि खुसि भने देखिएको थिएन । आफूहरुको ‘ब्रेकअप’को कुरा गर्दा पुस्तोभितोभाले बरर्र आँसु चुहाइन् । उनले रोयटर्ससँग भन्छिन् – मलाई लाग्छ यो हाम्रो लागि राम्रो शिक्षा हो । साथै युक्रेन र संसारका जुनसुकै ठाउँमा रहेका दम्पत्तिहरुले पनि हामीले जे गर्यौं त्यो नगर्नका लागि शिक्षा हो ।
१२३ दिनसम्म पार्टनरसँगै हत’कडीमा बाँधिएर रहनुपर्दा आफूले आफ्नो व्यक्तिगत जीवन सबैभन्दा धेरै मिस गरेको र त्यसरी सँगै बस्दा समेत आफूलाई आफ्नो पार्टनरले खासै ध्यान नदिएको उनको गुनासो छ ।
पेसाले ब्युटिसियन रहेकी २९ वर्षीया पुस्तोभिटोभा भन्छिन् – हामी दिनरात सँगै रह्यौँ । तर अलेक्जेन्डरले मलाई कुनै वास्ता नै गरेन । मैले ऊबाट ‘आई मिस यू’ भन्ने बोली सुन्न चाहन्थेँ । तर उसले कहिल्यै भनेन ।
युक्रेनको राष्ट्रिय टेलिभिजनमा उनीहरुको हतकडी खोलेर डि’भोर्सको घोषणा भएको दृश्य प्रसारित भैरहँदा युक्रेनको राष्ट्रिय कीर्तिमान पुस्तिकाका अधिकारीहरु पनि उपस्थित थिए । उनीहरु सायद यसरी लामो समयसम्म आफूलाई हत’कडीमा सँगै बाँध्ने विधामा विश्व कीर्तिमानी जोडी हुन सक्दछन् ।
उनीहरुले यतिबेला हथ’कडी निकालिसकेका छन् ।
























