काठमाडौं – चिनको एक कम्पिनीले एउटा १० तलाको भवन २८ घण्टा ४५ मिनेटमा तयार गरिएको छ । यसरी यति छोटो समयमै भवन तयार भएपछि इन्टरनेटमा तहल्का मच्चाएको छ ।
कुनै पनि काम सुरु गर्नुभन्दा पहिला हामीले योजना बनाउछौ । हामी पुर्वयोजना अनुसार नै काम गर्न लागिन्छ । जुन काम सम्पन्न हुनको लागि पुरा महिनादेखि बर्षौ सम्म लाग्न सक्छ । तर चिनको ति कम्पिनले सो भवन बनाउन योजना त बनायो तर यति कम समयमा भवन बनायो कि सुन्दा असम्भव लाग्छ ।
चीनको चांग्सामा ब्रोड ग्रुप नामक कम्पनीले यो भवन निर्माण गरेको हो । ब्रोड ग्रुप नाम गरेको चिनिया कम्पिनीले धेरै क्षेत्रमा काम गरिरहेको छ । हालै यो कम्पनीले २८ घण्टा ४५ मिनेटकमा १० तलाको आवासीय भवन बनाएर तयार गरेको छ । यति कम समयमा भएको यो निर्माणले इन्टरनेटमा तहल्का मच्चाएको छ ।
सुरुमा सुन्दा यो काम असम्भव जस्तै लाग्छ । यो भवन निर्माणको भिडियो र फोटो सार्वजनिक भएपछि भने मानिसहरु दंग परेका छन् । खासमा यो भवन यति कम समयमा निर्माण गर्नको लागि पूर्वनिर्मित निर्माण प्रणालीको प्रयोग गरिएको छ । यसअनुसार यो भवनको निर्माण साना साना स्वनिहीत मोड्युलर इकाइहरुलाई जम्मा गरेर गरिएको छ ।
यी मोड्युलर इकाइहरु पहिले नै बनेर तयार थिए । पहिले नै तयार पूर्व निर्मित इकाइहरुलाई निर्माण स्थलमा ल्याइयो । यी कन्टेनरहरुलाई एकमाथि अर्को राखेर बोल्टको सहयोगले जोडियो । यसरी पूरै भवन बनेर तयार भयो । पछि भवनमा बिजुली र पानी जडान गरियो ।
सीएनएनका अनुसार चीनको चांग्सामा २८ घण्टा ४५ मिनेटमा ब्रोड ग्रुपले १० तलाको अपार्टमेन्ट भवन निर्माण पूरा गर्न सफलता हासिल गरेको छ । यो भवन निर्माणका क्रममा बनाइएको छोटो भिडियो निकै हेरिएको छ । यो प्रविधिको निकै चर्चा पनि भइरहेको छ ।
यो भवन निर्माणको समय सीमाका विषयमा बनाइएको ४ मिनेट ५२ सेकेण्डको भिडियोमा लेखिएको छ ‘मानक कन्टेनर आकार, विश्वभरमै कम लागत भएको परिवहन, अत्यन्त सरल अन साइट इन्स्टलेसन ।’ भिडियोमा एक समूहले भनेको छ ‘यो भवनको इन्स्टलेसन निकै सरल थियो । बस बोल्ट कसिदिनुस् अनि पानी र बिजुली जोडिदिनुस् ।’
























