यो हो गरिबी हटाउने चमत्कारीक विरुवा,यो दिशामा लगाउँदा हुनेछ फलिफाप

काठमाडौँ – आजको समयमा मानिसलाई लगातार आवश्यकता बढ्नै जाने गरेका छन् । एक व्यक्तिको आवश्यकताको कुनै सिमा हुँदैन् ।

यो अवस्थामा सबैको चाहना अधिक धन कमाउनुको हुने गर्दछ । अहिलेको समयमा मानिस् आफ्ना असिमित चाहना हुरा गर्ने सपना बनाउने गर्दछन् ।

हर कोहीको चाहना हुन्छ, आफ्नै घर, बैँक ब्यालेन्स, गाडी तथा परिवारसँग सुखमय जीवन विताउने । आज हामी तपाईलाई यस्तो चमत्कारी विरुवाका बारेमा जानकारी दिदैछौँ,

जसको सहयोगमा तपाई आर्थिक समस्या हटाउन सक्नुहुनेछ सबैले आफ्नो घरको सुन्दरता बढाउनका लागि कयौँ विरुवा लगाउने गर्दछन् । यदी तपाई यी विरुवाका साथ उक्त चमत्कारी

विरुवा लगाउनु भयो भने त्यसले धन चुम्बकको जसरी तपाईको घरतिर तान्ने गर्दछ । यस विरुवाको नाम क्रासुला हो । यस विरुवाले तपाईलाई धनवान बनाउने गर्दछ ।

कस्तो हुन्छ बनावटः क्रासुला नामको यो विरुवाको पात चौडा आकारको हुने गर्दछ। जुन निकै नरम हुने गर्दछ । यस विरुवाको हात लगाउँदा ओइलाउने, घुम्चिने, पहेँलो हुने हुँदैन् ।

सजिलै घरमा राख्न सकिन्छः यस विरुवाको हेरचाह गर्न निकै सजिलो हुने गर्दछ । क्रासुला घरभित्र छायामा पनि बढ्ने गर्दछ । यसले धेरै भाग ओगट्ने भएकाले यसलाई गमलामा लगाउनु राम्रो मानिन्छ ।

कहाँ लगाउनुः वास्तुशास्त्रका अनुसार यस विरुवालाई घरको मुख्य ढोकाको अगाडि लगाउनुहोस् । यस विरुवाले घरमा धन भित्र्याउने भएकाले यसलाई

दाहिने पारेर राख्ने गर्नुहोस् । यदी तपाईको यसलाई यसरी राख्नुभयो भने केही समयमै यसको असर देखिन सुरु हुने गर्दछ ।

यो पनि : विवाहको खर्च कटाउँदै स्वरोजगारका लागि तालिम र व्यवसायका लागि सामग्री उपलब्ध गराउँदै पनौतीका सुमेश थापा र नविना खड्का उदाहरणीय बनेका छन् ।

‘विवाह दाइजो र भोज विना सकिएको छ’,  दुलाहा सुमेश थापाले भन्नुभयो, ‘विवाहमा हुने खर्च आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई निरन्तर

आय आर्जन गर्न सकिने गरी तालिम र तालिम पश्चात् व्यवसाय गर्न ठेलगाडा र रिक्सा उपलब्ध गराएका छौँ ।’ प्रति रिक्सा ५० हजारका दरले

१२ वटाको ६ लाख र अन्य गरी ७ लाख रुपैयाँ उक्त कार्यका लागि खर्च गरिएको सुमेशले बताउनु भयो । पनौती नगरपालिका वडा नम्वर ४

ज्यालापाटी घर भएका ३२ वर्षीय सुमेश सामाजिक र व्यवसायीक व्यक्ति हुनुहुन्छ । उहाँले सुमेश हार्डवेयर सञ्चालन गर्नु भएको छ ।

पनौती ५ गैरीगाउँ घर भएकी नविना खड्काले श्रीमान् सुमेशको प्रस्तावमा सहमत जनाउँदै दाइजो र भोज नगर्ने बरु स्वरोजगारका

लागि सहयोग गर्ने अभियानमा साथ दिएको बताउनु भयो । पनौतीमा रहेको छिमेकी सहकारी र युवाहरूद्वारा सञ्चालन गरिएको सृजनशील युवा समाजले यसको व्यवस्थापन गरेको छ ।

माघ २९ गते विवाह गरेका समेश र नविनाले समाजमा उदाहरणीय कार्य गर्ने सोचका साथ सामाजिक सञ्जालमा आर्थिक अवस्था कमजोर भई आयआर्जन गर्न नसकेका व्यक्तिहरूलाई सम्पर्क राख्न अनुरोध गरेको बताउनु भयो ।

सृजनशील युवा समाजका अध्यक्ष लक्ष्मण श्रेष्ठले आवेदन परेका १८ जनालाई पानीपुरी, मःम, चाउमिन, ससेज तथा अन्य परिकार बनाउन दुई दिनको निःशुल्क तालिम उपलब्ध गराइएको थियो ।

त्यस मध्ये अझै आर्थिक अवस्था कमजोर भई व्यवसाय सञ्चालन गर्न नसक्नेहरू मध्ये १० जनालाई पहिलो चरणमा ठेलगाढा र दुई जनालाई रिक्सा उपलब्ध गराइएको हो ।

व्यवसाय शुरु गर्न रकम नहुनेहरूलाई छिमेकी बचत तथा ऋण सहकारी संस्थाको सदस्य बने लगत्तै विना धितो साक्षी राखेर १० हजार प्रदान गरिनेछ ।

सोही रकमबाट व्यवसाय शुरु गरी आम्दानी भएको मध्ये केही रकम संस्थामा बचत गर्ने र मुनाफाबाट आफू जस्तै आर्थिक अवस्था कमजोर भएका

व्यक्तिहरूका लागि रिक्सा तथा ठेलगाडा किन्न सहयोग गर्ने गरी सम्झौता गरिएको सहकारीका अध्यक्ष सुवासचन्द्र थापाले बताउनुभयो ।

कसैले बीचमा व्यवसाय छाडेमा उक्त रिक्सा वा ठेलगाडा संस्था मार्फत अर्को व्यक्तिलाई उपलब्ध गराइनेछ । प्राप्त गर्ने व्यक्तिले विक्री गर्न पाउने छैन ।

सोही कार्यक्रममा बर बधूलाई बधाई तथा शुभकामना व्यक्त गर्न नेपाली काँग्रेसका महामन्त्री गगन थापाको सहभागिता रहेको थियो ।

महामन्त्री थापाले समाज बदल्ने अठोट आफैबाट शुरु गर्नु पर्ने बताउँदै सुमेश र नविनाको उदाहरणीय कार्यको प्रशंसा गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...